
अछाम १८ असोजः

मङ्गलसेन नगरपालिकामा सञ्चालित अपाङ्गता समावेशी प्रारम्भिक बालविकास शिक्षा कार्यक्रमको परियोजना सल्लाहकार समिति वैठक सम्पन्न भएको छ । युनिसेफ नेपार र ह्याण्डीक्याप ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सेतो गुराँस बालविकास सेवा द्वारा सञ्चालित कार्यक्रमको हालसम्म भएका गतिविधिबारे वैठकमा छलफल गरिएको हो ।

नगर उपप्रमुख संगिता कुमारी रावलको अध्यक्षतामा भएको वैठकमा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । यस्तै वैठकमा प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, सामाजिक विकास समिति संयोजक बिर्ख बहादुर बोगटी, शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, स्वास्थ्य शाखा प्रमुख भुमिनन्द ढुंगाना, महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत, शिक्षा शाखा प्रास दिपक बहादुर भण्डारी, ह्याण्डीक्याप ईन्टरनेशनलका रमेश स्याङतान र भोज सिंह खड्का लगायत परियोजनामा कार्यरत कर्मचारीको सहभागिता रहेको थियो ।
ह्याण्डीक्याप ईन्टरनेशनल नेपालका कार्यक्रम प्रवन्धक पदम महरले परियोजना मार्फत भए गरेका काम कार्यको बारेमा प्रस्तुतीकरण राख्नुभएको कार्यक्रममा नगर प्रमुख बोहराले कार्यक्रम निकै महत्वपूर्ण र उपलव्धिमूलक रहेको बताउनुभयो । परियोजना मार्फत बालविकासमा राम्रो सुरुवात भएकाले यसलाई मुर्त रुप दिन लामो समय साझेदारीको आवश्यकता रहेको बताउनुभयो ।
कार्यक्रमका सहभागीहरुले १८ महिनामा क्षमता विकास, सामग्री सहयोगका साथै कक्षाकोठा व्यवस्थापन कार्य प्रभावकारी भएको बताएका थिए । अवका दिनमा शिक्षक तालिमलाई निरन्तरता दिनुपर्ने र कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा सहभागीको जोड थियो । उक्त वैठकको सञ्चालन मङ्गलसेन नगरपालिका संघसंस्था शाखा प्रमुख होम बहादुर साउदले गर्नुभएको थियो ।


