गजल (अछामी भाषा)

– राम बहादुर भण्डारी

१.

आफ्ना त कै घट्ट बास छ क्याहरु तुकन ।
तुलाइ अझै मेरै आस छ क्याहरु तुकन ।

पिरथिको लोकसेवा खुल्यो फारम लगाइ तुइले,
तेउनि तेरि सात्या पास छ क्याहरु तुकन ।

अनिकाल पड्याका वेला तु पुगि टुप्लुक्क,
खाना भन्या एक्कै गास छ क्याहरु तुकन ।

पणिआया तेरा लागि परान दिन्या मुँ हु,
तेरा भन्या अर्कै खास छ क्याहरु तुकन ।

मुपन सुच्तो छु राइक्या तुकि आफ्नी बनाउ,
क्यै हरेलु सत्यानास छ क्याहरु तुकन ।

 

२.

कसले सोच्छ र कोहि आफ्नो बिग्रिनु पर्छ।
हो पानि सलिन पनि त बालुवा थिग्रिनु पर्छ ।

यति थाह थियो तिमि रुखमा फलेको अङ्गुर हौ,
म बिर्से हुला तिम्लाइ छुन पनि त उफ्रिनु पर्छ ।

महोदय कोहि आफ्नो हुदैन कठिन समयमा,
आफ्नैहरु आफ्ना भइराख्न पनि समय सप्रिनुपर्छ ।

प्रेमको आँधीले मलाइ बदनाम गरिसके पछि,
कसलाई भेट्यौ र लाग्यो कि अव सुध्रिनु पर्छ।

प्रिय मेरो दिल तोडेर गयौ केही गुनासो छैन,
थाह छ चल्ला निस्किन पनि अण्डा टुक्रिनु पर्छ ।

(लेखक भण्डारी रामाराेशन गाउँपालिका अछाममा प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ ।)

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.