जिल्ला युवा संजालका युवाहरुको सशक्तिकरणका लागि १ दिने वैठक

जिल्ला युवा संजालका पदाधिकारीहरुको सशक्तिकरणका लागि एक दिने वैठक मंगलसेनमा सम्पन्न भएको छ । जिल्ला युवा संजालको आयोजना तथा सेभ द चिल्ड्रेन, वाक नेपालको सहयोग र मङ्गलसेन नगरपालिकाको समन्वयमा वैठक भएको हो ।

Samajik New Add 2082

संजालका अध्यक्ष कमल कुमार रावलको अध्यक्षतामा भएको वैठकमा योजना तर्जुमा ७ चरण, राष्ट्रिय युवा नीतिका प्रावधान र युवा क्लव गठन तथा परिचालन कार्यविधिका व्यवस्थाहरुका विषयमा छलफल गरिएको थियो । छलफल पश्चात जिल्ला युवा संजालको ५ बुदे वार्षिक कार्ययोजना समेत तयार पारिएको छ । आगामी दिनमा कार्ययोजना हनुसार कार्य अघि बढाउने जिल्ला युवा संजालले जनाएको छ ।

वैठकमा जिल्ला युवा संजालका सल्लाहकार संयोजक होम साउद, संजालका पदाधिकारीहरु र अन्य युवा गरि १५ जनाको सहभागीता रहेको थियो । वैठकको सहजिकरण वाक नेपालका परियोजना अधिकृत महाँदेव ओझाले गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.