स्थानीयको ५० प्रतिशत लागत साझेदारीमा बन्यो मङ्गलसेन ५ भाडेगडामा कालिका मन्दिर निर्माण

Kirci Gyan Kendra

स्थानीयवासीको ५० प्रतिशत लागत साझेदारीमा मङ्गलसेन नगरपालिका ५ भाडेगडामा चौसट्टा कालिका देवी मन्दिर निर्माण गरिएको छ । ५ नम्वर वडा कार्यालय मार्फत मङ्गलसेन नगरपालिकाको २ लाख ५० हजार र स्थानीयवासीको २ लाख ५० हजारको लागत साझेदारी गरि झण्डै ५ लाखको लागतमा मन्दिर निर्माण गरिएको हो ।

Samajik New Add 2082

मन्दिर निर्माण कार्य सम्पन्न भए पश्चात एक कार्यक्रमका विच मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले मन्दिरको उदघाटन गर्नुभयो । मन्दिर उदघाटन गर्दै नगर प्रमुख बोहराले धार्मीक गतिविधि र मन्दिर निर्माणमा स्थानीयवासि स्वस्फुर्त रुपमा अग्रसर हुँदा सभ्य समाज निर्माणमा टेवा पुग्ने बताउनुभयो । मन्दिर जस्तो सामाजिक क्षेत्रमा लागत साझेदारी गरि सहकार्यको नमूना प्रस्तुत गरेको भन्दै स्थानीलाई धन्यवाद व्यक्त गर्नुभयो ।

मन्दिर निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिपाले कामीको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल बिशिष्ट अतिथि रहनुभएको थियो । विशिष्ट अतिथि रावलले पनि मन्दिर निर्माण गर्दा जनसहभागीतामा राम्रो काम भएको भन्दै प्रशंशा व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले नगरपालिका मार्फत हुने विकास निर्माण लगायतका कार्यमा लागत साझेदारीलाई बढि प्राथमिकता दिने नीति रहेको उल्लेख गर्नुभयो ।

Saud Agro Kailash

मन्दिर उदघाटन कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडा नम्वर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा,समाजसेवी कर्ण बहादुर केसी, चन्द्रमणी भाट, वडा नम्वर ४ का पूर्व अध्यक्ष पदम बहादुर धामी, देवल आधारभूत विद्यालयका व्यवस्थापन समिति अध्यक्ष राम प्रसाद भाट, प्रधानाध्यापक नगेन्द्र प्रसाद ढुंगाना, मङ्गलसेन नगरपालिकाका स्टोरकिपर नरेश बहादुर कठायत, एमआईएस अपरेटर होम बहादुर साउद लगायतका अतिथि रहनुभएको थियो ।

कपिल बिकले स्वागत मन्तव्य राख्नुभएको उदघाटन कार्यक्रमको सञ्चालन सन्त सुनारले गर्नुभएको थियो ।

केही तस्बिरहरुः

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.