सुदूरपश्चिमको मेन्टरमा अस्ट्रेलियाका पूर्वक्रिकेटर हग नियुक्त

Kirci Gyan Kendra

धनगढीः नेपाल सुपरलिग (एनपिएल)का लागि सुदूरपश्चिम रोयल्सले अस्ट्रेलियाका पूर्वक्रिकेटर ब्राड हगलाई आफ्नो प्रमुख मेन्टर नियुक्त गरेको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

अस्ट्रेलियाका लागि एक सयभन्दा बढी एक दिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका हगको आगमनले सुदूरपश्चिम रोयल्सले एनपिएलमा उच्च प्रदर्शनको उपेक्षा गरेको छ। पूर्वस्पिनर हगले कोलकाता नाइट राइडर्सबाट इन्डियन प्रिमियर लिग (आइपिएल)समेत खेलेका छन् ।

हगको आगमनलाई लिएर टोली उत्साहित रहेको सुदूरपश्चिम रोयल्सका मालिक स्वतन्त्रप्रताप शाहले बताए । दीपेन्द्रसिंह ऐरी मार्की खेलाडी रहेको सुदूरपश्चिम रोयल्सको मुख्य प्रशिक्षकमा जगत टमाटा छन् । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १६ गतेदेखि एनपिएल सुरु हुनेछ । -dineshkhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.