टी-२० क्रिकेट: अमेरिका नेपालसँग १७ रनले पराजित

Kirci Gyan Kendra

अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तीन खेलको टी–२० सिरिजमा १–० को अग्रता लिएको छ। शुक्रबार बिहान भएको खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो।

Samajik New Add 2082

सिरिजको दोस्रो खेल आइतबार बिहान हुनेछ। टी–२० आईमा नेपाल र अमेरिका पहिलोपटक भेट भएका हुन्। नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४७ रन मात्र बनाउन सक्यो

अमेरिकालाई कम स्कोरमा रोक्न नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट लिए। उनले ३ ओभरमा २७ रन खर्चे। रिजन ढकाल, करण केसी र गुल्सन झाले समान एक-एक विकेट लिए।

अमेरिकाका लागि सयान जहगिंरले सर्वाधिक ६० रनको अविजित पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ३४ बलमा ६ चौका र २ छक्का हाने। आन्द्रेसले ३० र मिलिन्दले २२ रन थपे। जसदिप सिंहले १६ रन बनाए।

त्यसअघि अमेरिकाको डलासस्थित ग्राउण्ड पेरी स्टेडियममा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ रनको योगफल तयार पारेको थियो।

एक समय १८.५ ओभरमा ५–१५९ को अवस्थामा रहेको नेपालले ५ रन जोड्न चार विकेट गुमाएकाे थियाे।

Saud Agro Kailash

कप्तान रोहित पौडेलले सर्वाधिक ४९ रनको योगदान दिए। ३३ बलमा ४ चौका र १ छक्का प्रहार गरेका रोहित अर्धशतक नजिक पुग्दा रन आउट भए।

दिपेन्द्र सिंह ऐरि २८ रन बनाउँदा क्याच आउट भए। अमेरिकाविरुद्ध राम्रो सुरुवात गरेको नेपाल अन्तिम समयमा सम्हालिन सकेन। १९ औँ ओभरमा नेपालले लगातार दुई विकेट गुमायो। १९ औँ ओभरको पाचौँ बलमा दिपेन्द्रलाई गुमाएको नेपालले अन्तिम बलमा करण केसीलाई शून्य रनमा नै गुमाउन पुग्यो।

अन्तिम ओभरको दोस्रो बलमा आरिफ शेखलाई शून्य तथा चौथो बलमा सोमपाल कामीलाई २ रनमा नेपालले गुमायो।

पहिलो विकेटका लागि ओपनर आशिफ शेख र अनिल शाहले ४८ रनको साझेदारी गरे। ओपनर अनिल शाह २७ रन बनाउँदा अलि खानको बलमा एलबीडब्लु धरापमा परे। १८ बलमा २ चौका र १ छक्का हानेका अनिल २७ रन बनाउँदा पेभेलियन फर्के।

२७ बलमा ४ चौका सहयोगमा २७ रन नै बनाएका अर्का ओपनर आशिफ हरमित सिंहको बलमा बोल्ड आउट हुन पुगे। कुशल भुर्तेल १० र गुल्सन झा ११ रनमा पेभेलियन फर्के।

अमेरिकाका लागि हरमित सिंह, शुभम नेत्रभल्कर र जसदिप सिंहले समान २ विकेट लिए। अलि खान र नोस्टुसले समान एक विकेट आफ्नो नाममा गरे।

अमेरिका भ्रमणमा रहेको नेपालले घरेलु टोलीसँग ३ खेलको टी–२० आई सिरिज खेल्नेछ। त्यसपछि आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिका र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडीआई सिरिज खेल्नेछ तालिका छ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.