सुदूरपश्चिमको बजेट प्रभावशाली नेताको निर्वाचन क्षेत्रमा केन्द्रित

Kirci Gyan Kendra

वीरेन्द्र भट्ट, धनगढीः सुदूरपश्चिम प्रदेश सरकारको बजेट व्यक्ति केन्द्रित देखिएको छ। मन्त्रीदेखि प्रभावशाली सांसदको निर्वाचन क्षेत्रमा चालु आर्थिक वर्षको बजेट केन्द्रित बन्न पुगेको हो।

Samajik New Add 2082

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) मा विनियोजन भएको बजेट अन्य निर्वाचन क्षेत्रको तुलनामा सबैभन्दा बढी देखिएको छ। सो क्षेत्रबाट नेपाली कांग्रेसका प्रकाशबहादुर देउवा निर्वाचित छन्। चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल ३१ अर्ब ६२ करोड ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको थियो।

चालु आर्थिक वर्ष सुरु भएको २ महिनापछि सार्वजनिक गरिएको बजेट अन्तर्गत चालुतर्फ १२ अर्ब ८५ करोड ७४ लाख र पुँजीगततर्फ १८ अर्ब ७६ करोड २४ लाखको बजेट प्रदेश सरकारले सार्वजनिक गरेको हो। प्रदेश सभा सदस्य देउवाले आफ्नो क्षेत्रमा १६४ वटा योजनाका लागि ७२ करोड ४६ लाख रुपैयाँ बजेट विनियोजन गराएका छन्। पूर्वभौतिक पूर्वाधार विकासमन्त्री समेत रहेका देउवाले सबैभन्दा बढी बजेट आफ्नो क्षेत्रमा पारेका हुन्।

Saud Agro Kailash

यस्तै भौतिक पूर्वाधार विकासमन्त्री सुरेन्द्रबहादुर पालले आफ्नो गृहपालिका बैतडीको डिलासैनीमा १२७ योजनामा बजेट विनियोजन गराएका छन्। सो पालिकाका लागि २३ करोड ४४ लाख २० हजार बजेट विनियोजन गरिएको हो। यस्तै मुख्यमन्त्री कमलबहादुर शाह पनि बजेट विनियोजनमा निर्वाचन क्षेत्र केन्द्रित बनेका छन्। उनको निर्वाचन क्षेत्रमा ४८ करोड बजेट विनियोजन गरिएको छ।

कैलालीको लम्की–चुहा नगरपालिकाको ६ वटा वडा, मोहन्यालको दुई तथा जानकी गाउँपालिकाको ४ सहित १२ वडा मुख्यमन्त्री शाहको प्रदेश निर्वाचन क्षेत्र हो। कैलाली निर्वाचन क्षेत्र नम्बर २ को (१) बाट निर्वाचित मुख्यमन्त्री शाहले आफ्नो क्षेत्रमा ४८ करोड ९ लाख बजेट विनियोजन गरेका हुन्। चालु आर्थिक वर्षको वार्षिक विकास कार्यक्रम पुस्तिकामा मुख्यमन्त्री शाहको निर्वाचन क्षेत्रमा १०९ योजनामा बजेट विनियोजन गरिएको छ।

तर बजेट सन्तुलित नभएको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीमात्रै नभएर सत्ता पक्षभित्रैबाट विरोध हुँदै आएको छ। प्रदेशका आर्थिक मामिलामन्त्रीको क्षेत्रमा पनि अन्य सांसदको निर्वाचन क्षेत्रभन्दा बढी बजेट विनियोजन गरेका छन्। सिँचाईका योजना कञ्चनपुरमा सबैभन्दा बढी पारिएको छ। प्रदेश सरकारको बजेटमा मन्त्रालय, समिति र प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन इकाई कैलालीले कार्यान्वयन गर्न एक सय योजना समावेश छन्। तीमध्ये सबैभन्दा बढी ४४ योजना कैलाली र १७ योजना कञ्चनपुरमा पारिएको छ।

अछाममा पर्यटन विकासका ७, बैतडीमा ६, बझाङमा तीन, डोटी, बाजुरा, दार्चुला र डडेल्धुरामा क्रमशः २/२ योजना समावेश गरिएको छ। कैलालीका ४४ योजनामा ८ करोड ५९ लाख बजेट विनियोजन गरिँदा कञ्चनपुरका १७ योजनामा ३ करोड १५ लाख बजेट छ। प्रदेशका आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले प्रदेश सभामा पेस गरेको बजेटमा कृषक समूह, मासु पसल, डेरी पसल, मिट मार्ट, कुखुरा फार्म, भैंसी फार्म, बङ्गुर फार्म, कालिज फार्म र सहकारीहरूलाई अनुदान रकम वितरण गर्ने कार्यक्रम राखिएको छ। यी कार्यक्रमका लागि पाँच लाखदेखि ८ लाखसम्म बजेट विनियोजन गरिएको छ।

-dineshkhabar

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.