साफ सेमिफाइनल: चिर प्रतिद्वन्द्वी नेपाल-भारत भिडन्त आज

उच्च मनोवलसहित मैदानमा उत्रँदै घरेलु टोली

Kirci Gyan Kendra

साफ महिला च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज पाँचपटकको विजेता भारत र पाँचैपटकको उपविजेता नेपाल भिड्दै छन् ।

Samajik New Add 2082

त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा हुने दोस्रो सेमिफाइनल खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

यसअघिका चार संस्करणमा उपाधिका लागि भिडेका यी दुई टोली लगातार दोस्रोपटक सेमिफाइनलमा आमनेसामने हुन लागेका हुन् ।

साफको इतिहासमा नेपालले एकपटक मात्र भारतलाई पराजित गरेको छ ।

अघिल्लो संस्करण घरेलु मैदानमा भएको सेमिफाइनलमा नेपालले भारतलाई १–० गोल अन्तरले पराजित गरेको थियो। पहिलो हाफको इन्ज्युरी समयमा रश्मिकुमारी घिसिङले गरेको गोल नै नेपालका लागि निर्णायक बनेको थियो।

नेपाली टोली यो संस्करण पनि अघिल्लोपटकको नतिजालाई दोहोर्‍याउने योजनामा मैदान उत्रँदै छ।

उता भारतीय टोली भने नेपाली टोलीसँग भोगेको हारको बदला लिने दाउमा छ।

Saud Agro Kailash

सन् २०२२ को साफ च्याम्पियनसिपपछि नेपाल र भारत दुईपटक भेट भएका छन्। ती दुवै भेटमा भारतले नेपाललाई हराउन सकेको छैन। दुवै मैत्रीपूर्ण खेल बराबरीमा सकिएको थियो।

साफको सेमिफाइनलमा दोहोरियो इतिहास, भारतलाई हराएर बंगलादेश पन्छाउने नेपालको दाउ

त्यसैले पनि नेपाली टोली उच्च मनोबलमा छ। घरेलु मैदानमा समर्थकको बलियो साथमा रहको नेपाली टोली भारतलाई लगातार दोस्रोपटक स्तब्ध पार्दै उपाधिनजिक पुग्ने रणनीतिमा छ।

साफ महिला च्याम्पियनसिपमा नेपाल र भारत चिर प्रतिद्वन्द्वी टोली हुन्। यी दुवै टोलीलाई एकअर्काको सबल र दुर्वल पक्ष राम्रोसँग थाहा छ।

साफ च्याम्पियनसिपको पहिलो संस्करणदेखि नै यी दुई टोली उपाधिका लागि भिड्दै आएका छन्।

नेपालले सन् २०१६ को बाहेक हरेक संस्करणको फाइनल खेलेको छ। तर ती सबै फाइनलमा उपविजेतामै चित्त बुझाउनुपरेको छ। सन् २०१० मा भएको पहिलो संस्करणको फाइनलमा नेपाल भारतसँग १–० ले पराजित भएको थियो। सन् २०१२ मा ३–१ तथा २०१४ मा ६–० को फराकिलो हार बेहोरेको थियो।

सन् २०१९ मा विराटनगरमा भएको फाइनलमा नेपाल ३–१ ले पराजित भएको थियो।

सन् २०२२ को सेमिफाइनलमा भने नेपालले १–० को जित निकाल्दै साफमा पहिलोपटक भारतलाई पराजित गरेको थियो। भारत भने अघिल्लो संस्करण मात्र सेमिफाइनलबाट बाहिरिएको थियो।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.