काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले साफ महिला च्याम्पियनसिपको फाइनलमा रंगशालामा लैजान नपाइने सामग्रीको सूची सार्वजनिक गरेको छ ।
च्याम्पियनसिपको फाइनलमा बुधबार साँझ नेपालले बंगलादेशविरुद्ध खेल्दै छ । यो खेल साँझ ६ः३० बजेदेखि सुरु हुनेछ । एन्फाले मंगलबार रंगशाला परिसरमा प्रतिबन्धित सामग्रीको सूची सार्वजनिक गरेको हो ।
यी हुन् प्रतिबन्धित सामग्री :
१. हातहतियार– बन्दुक, छुरा, र अन्य कुनै पनि प्रकारका धारिला, हातहतियार ।
२. धूम्रपान र आगो बाल्ने सामग्री– चुरोट, लाइटर, सलाई आदि ।
३.मादक पदार्थ– मदिरा र अन्य नसालु पदार्थहरू ।
४. झोला र ठूला ब्यागहरू– साना ब्यागहरू जाँचपछि मात्र अनुमति दिइनेछ, तर ठूला ब्यागहरू निषेध गरिएका छन् ।
५. हेल्मेट र सुरक्षात्मक उपकरणहरू– हेल्मेट र यस्तै सुरक्षा सामग्रीहरू ।
६. प्रचार सामग्री– अनुमतिबिना ब्यानर, झण्डा, पोस्टर आदि ।
७. प्रक्षेपण गर्न मिल्ने वस्तुहरू– पानीको बोतल, क्यान, पत्थर, र अन्य फ्याँक्न मिल्ने धातुका मुद्रा क्वाइन ।
८. लेजर लाइट– खेलाडी तथा रेफ्रीलाई लक्षित गर्ने लेजर लाइट ।
९. ड्रिंस र अन्य अवैध पदार्थ– कुनै पनि प्रकारका लागु औषधहरू ।
१०. छाता– लिबिस्टिक, नेल कटर, कैँची, काइयो ।