श्रम अभियान अछामद्वारा सदभावपूर्ण देउसीभैलाे

Kirci Gyan Kendra

सामाजिक कार्यका लागि सदभावपूर्ण देउसीभैलाे कार्यक्रम मङ्गलसेनमा सञ्चालन गरिएको छ । श्रम खभियान अछाम र रुपान्तरण बालक्लवको आयाेजनामा मङ्गलसेन बसपार्कबाट कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082

श्रम अभियान अछामका सहसंयाेजक शिव बाेगटीकाे अध्यक्षतामा भएको देउसीभैलाे उदघाटन कार्यक्रममा मङ्गलसेन नगरपालिका वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बाेगटी प्रमुख अतिथि रहनुभएकाे थियोे ।

Saud Agro Kailash

बसपार्क मङ्गलसेनबाट सुरु गरि मङ्गलसेन बजारका विभिन्न स्थानमा देउसी खेलिएकाे थियाे । श्रम अभियानकाे देउसी कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गरेका थिए । जसमा रेडियो साेसाईटी एफएमका कार्यकारी निर्देशक ध्रुव बिसी, बजार व्यवस्थापन समाजका अध्यक्ष गाेपाल बाेगटी, नेकपा एमालेका जिल्ला कमिटी सदस्य तथा नगर सह ईञ्चार्ज भीम राना, रेडियो गाउघरका कार्यकारी निर्देशक टेक बहादुर थापा, नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय सदस्य नर बहादुर रावल लगायतका व्यक्तिहरुले शुभकामना सहित कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए ।

देउसीभैलाे कार्यक्रममा श्रम अभियानका सह संयाेजक कर्ण बहादुर धामी, सचिव हाेम बहादुर साउद, अभियन्ताहरु छत्र बहादुर बाेगटी, भ्वान सिंह थापा, पूर्ण बहादुर बुढा, बिष्णु बाेहरा, गणेश सुनार, केशे बाेटी लगायत रुपान्तरण बाल क्लवका पदाधिकारीहरुकाे सहभागीता रहेकाे थियाे ।

श्रम अभियान अछामले विगत १ वर्षदेखि विभिन्न सामाजिक कार्यहरु गरिरहेकोमा आगामी दिनमा थप सामाजिक कार्यहरु गर्नका लागि देउसीभैलाे मार्फत सङ्कलित रकम सदुपयोग गरिने जनाईएकाे छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.