मङ्गलसेन १ ढुंगानीमा तिहार विशेष शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रम सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

मङ्गलसेन नगरपालिका वडानम्वर १ ढुंगानीमा तिहार विशेष देउसी भैलाे तथा साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सगरमाथा बनलक्लवकाे आयाेजनामा कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082

क्लवका अध्यक्ष भीम बहादुर थापाकाे अध्यक्षतामा भएको कार्यक्रममा मङ्गलसेन नगरपालिका १ का वडा सदस्य शिद्द बहादुर थापा प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रमका बिशिस्ट अतिथिमा मङ्गलसेन नगरपालिकाका एमआईएस अपरेटर तथा क्लवका संस्थापक हाेम बहादुर साउद रहनुभएकाे थियाे ।

Mellekh RM1
Saud Agro Kailash

कार्यक्रमका अन्य अतिथिमा नेकपा माओवादी केन्द्रका नगर कमिटी सचिव कमल बहादुर थापा, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य यकेन्द्र नाथ, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र साउद, जाल्पादेवी आधारभूत विद्यालयका पिटिए अध्यक्ष ललि थापा, युवा समाजसेवी नेत्र साउद, कर्मचारी शंकर साउद, खडक जैगडी, जयप्रकाश उपाध्याय, युवा व्यवसायी खेम जैगडी, समाजसेवी राम बहादुर साउद, डबल थापा, पदम साउद लगायतका अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा तिहारकाे शुभकामना आदानप्रदान गर्नुका साथै देउसी भैलाे र विविध साँस्कृतिक कार्यक्रम गरिएको थियाे । यस्तै बालक्लवले देउसी भैलाे कार्यक्रमबाट संकलित रकम मध्येबाट मङ्गलसेन १ निवासी मृगौला पिडित नरेन्द्र साउदलाई नगद ३ हजार ३ सय तेरतिस रुपैयाँ सहयोग गरेकाे छ । देउसीबाट संकलित थप रकम अन्य सामाजिक कार्यमा सदुपयोग गरिने क्लबले जनाएको छ ।
बालक्लवका सदस्य चेतना साउदले स्वागत राख्नुभएको कार्यक्रमकाे सञ्चालन सदस्य चेतमान साउदले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.