श्रम अभियान अछाम द्धारा देउसीभैलोको रकमबाट पती सोकमा रहेकी टंकी बादीलाई सहयोग

Kirci Gyan Kendra

श्रम अभियान अछामले पति शोकमा रहेकी मंगलसेन नगरपालिका ५ निवासी टंकी बादीलाई सहयोग गरेको छ । श्रम अभियान र रुपान्तरण बालक्लवले तिहारमा खेलेको देउसी भैलोबाट संकलित रकमबाट खाद्यान्न र नगद सहयोग गरेको हो ।

Samajik New Add 2082

टंकीका श्रीमान करी बादीको यहि कार्तिक १४ गते निधन भएको थियो । आर्थिक अवस्था कमजोर भएका बादी परिवारलाई क्रिया खर्च स्वरुप केही राहत होस भनेर देउसीभैलोबाट संकलित रकमले खाद्यान्न र नगद सहयोग गरिएको श्रम अभियान अछामले जनाएको छ ।

Saud Agro Kailash

अभियान मार्फत चामल, दाल, नुन र तेल गरि २ हजार ३ सय ५० बरारबरको खाद्यान्न र अरु नगद गरि ३ हजार २ सय ४० बराबरको राहत घरमै पुगेर हस्तान्तरण गरिएको छ । साथै सोही अवसरमा मृतकप्रति श्रदाञ्जली र परिवारजनमा समवेदना व्यक्त गरिएको थियो । दुःखको समयमा थौरै राहत भएपनी सजिलो हुने भन्दै परिवारजनले श्रम अभियान अछाम र रुपान्तरण बालक्लवलाई धन्यवाद दिएका थिए ।

सहयोग हस्तान्तरणमा श्रम अभियानका संयोजक राजेश बाबु बोगटी, सहसंयोजक शिव बोगटी, कर्ण बहादुर धामी, सचिव होम बहादुर साउद, अभियन्ताहरु भ्वानसिंह बोगटी, जनक थापा, छत्र बहादुर बोगटी, मेम तामाङ, रुपान्तरण बालक्लवका उपाध्यक्ष कञ्चन धामी सदस्य प्रमिला बोगटी र प्रदिप बुढा सहभागी थिए । सो अवसरमा बादी समुदायका अगुवा रमेश बादी र धिरेन बादीले आर्थिक अवस्था कमजोर भएका र समस्यामा परेको समयमा सहयोग उपलव्ध गराएकोमा सवैलाई धन्यवाद व्य्त गरेका थिए ।

बिगत एक वर्षदेखी सामाजिक कार्यमा सक्रिय रहेको श्रम अभियान अछामले यसैगरी सामाजिक सेवालाई निरन्तर रुपमा अघि बढाउने जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.