
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय शाखा मङ्गलसेन अछामको स्नेह मिलन तथा सुख शान्ति भवनको उदघाटन कार्यक्रमसम्पन्न भएको छ ।

ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय राजयाेग प्रशिक्षण केन्द्र राजपुर दिपायलका प्रमुख सञ्चालिका जानकी भाटकाे अध्यक्षतामा भएको कार्यक्रमकाे प्रमुख अतिथि ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय नेपालका अध्यक्ष तथा संस्थापक राज याेगीनी ब्रह्माकुमारी परनिता रहनुभएकाे थियोे ।

कार्यक्रमका बिशिस्ट अतिथिमा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयका केन्द्रीय महासचिव शैलेश राज बराल र जिल्ला समन्वय समिति अछामका प्रमुख ललित बहादुर कुवर रहनुभएकाे थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति अछामका उपप्रमुख दानमती बम शाही, मङ्गलसेन नगरपालिका उपप्रमुख संगिता कुमारी रावल, नेपाली काङ्ग्रेसका महासमिति सदस्य पदमराज अधिकारी, नेकपा एमालेका जिल्ला अध्यक्ष चन्द्र बहादुर बाेहरा, अछामका प्रमुख जिल्ला अधिकारी शिव प्रसाद लम्साल, उद्योग वाँणज्य संघ अछामका अध्यक्ष बम बहादुर रावल, मङ्गलसेन नगरपालिका वडानम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाटले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।
ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय अछाम शाखाका सञ्चालिका ब्रह्माकुमारी कविता स्वागत मन्तव्य कार्यक्रमकाे सञ्चालन ब्रह्माकुमारी सरस्वतीले गर्नुभएको थियोे ।

