लैङ्गकि हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे मङ्गलसेनमा उदघाटन

Kirci Gyan Kendra

लैङ्गकि हिंसा बिरुद्धकाे १६ दिने अभियानकाे मङ्गलसेन नगरपालिकामा उदघाटन गरिएको छ । मङ्गलसेन नगरपालिकाकाे आयाेजना तथा सामाजिक विकास कार्यालय, UNFPA, वाक नेपाल, सिएमसि नेपाल र साथि संस्थाकाे समन्वय तथा सहयोगमा कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082

“हामी सवैकाे प्रतिवद्दता, लैङ्गकि हिंसा अन्त्यकाे लागि ऐक्यबद्धता” भन्ने मुल नारा सहित कार्यवाहक नगर प्रमुख संगिता कुमारी रावलले अभियानकाे उदघाटन गर्नुभएको थियोे ।

Saud Agro Kailash

उपप्रमुख संगिता कुमारी रावलकै अध्यक्षतामा भएको उदघाटन समाराेहमा प्रहरी नायव उपरीक्षक ईश्वरी प्रसाद भण्डारी, पूर्व नगर उपप्रमुख सरिता उपाध्याय, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य राजेशबाबु बाेगटी, नेकपा एमालेका नगर कमिटी ईञ्चार्ज लिलाराज केसी, सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्मर रावल, मङ्गलसेन नगरपालिका सामाजिक विकास समिति संयाेजक तथा वडा नम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बाेगटी, UNFPA अछामका प्रमुख रमेश थापा, महिला मानव अधिकार रक्षक सञ्जालका अध्यक्ष राधिका भुजेलले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

शुभकामना व्यक्त गर्ने सवै वक्ताहरुले समाजमा व्याप्त लैंगिक हिंसा न्यूनिकरणका लागि सकारात्मक सन्दरेश दिन यो अभियान प्रभावकारी हुने बताएका छन । साथै हिंसा न्यूनिकरणका लागि सवै सरोकारवाला प्रतिवद्ध हुनुपर्नेमा उहाँहरुको जोड थियो ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु महतले स्वागत मन्तव्य राख्नुभएको उदघाटन कार्यक्रमकाे सञ्चालन पानसरा रावलले गर्नुभएको थियाे । अभियान मङ्गलसेन नगरपालिकाका सवै १६ वटै वडामा विभिन्न कार्यक्रम सहित मनाईने नगरपालिकाले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.