
मङ्गलसेन नगरपालिका द्वारा पहिलोपटक कुकुरको स्थायी बन्ध्याकरण कार्य सुरु गरिएको छ । नगरपालिका पशुसेवा शाखा मार्फत साे कार्यक्रम सञ्चालन गरिएको हाे ।

सन २०३० भित्र रेविज राेग निर्मुल पार्ने विश्वव्यापी लक्ष अनुसार रेबिज न्यूनिकरणका लागि नगरभित्र बढिभन्दा बढी कुकुरकाे बन्ध्याकरण गर्ने उदेश्यले कार्यक्रम सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

बढिभन्दा बढी कुकुरलाई बन्ध्याकरण गरेर छाडा कुकुरकाे संख्या घटाउने अभियानमा सहयोग गर्न नगरप्रमुख पदमबहादुर बाेहराले समेत नगरबासिलाई आग्रह गर्नुभएको छ । साथै प्रभावकारी सेवा प्रवाह गर्दै निरन्तर काममा खटिन डाक्टर सहितको प्राविधिक टाेलिलाई उहाले निर्देशन दिनुभयो । यस्तै खाले जनमैत्री सेवा प्रवाहका लागि नगरपालिका प्रतिवद्द रहेको नगरप्रमुख बाेहराकाे भनाइ छ ।
कुकुर बन्ध्याकरणबाट छाडा कुकुरको संख्या बृद्दि राेकिने र रेबिज न्यूनिकरणमा टेवा पुग्ने पशुसेवा शाखा प्रमुख डाक्टर बालकुमार शाहले बताउनुभयो । डाक्टर शाहको नेतृत्वमा मंगलबार एउटा घरपालुवा कुकुरकाे शल्यक्रिया मार्फत स्थायी बन्ध्याकरण गरिएको छ । शल्यक्रिया टाेलिमा पश प्राविधिकहरु नेत्र बहादुर कठायत, रबि केसी र जितमान बाेहराकाे सहभागीता रहेको थियाे ।
कुकुर बन्ध्याकरण कार्य निरन्तर चलिरहने नगरपालिकाले जनाएको छ ।


