जिल्ला अस्पताल अछाममा पहिलोपटक एपेन्डिसाईटीसको अप्रेशन सफल

Kirci Gyan Kendra

पवन भण्डारी,धनगढी । जिल्ला अस्पताल अछाममा पहिलो पटक एपेन्डिसाईटीसको अप्रेशन सफल भएको छ ।  जिल्ला अस्पतालमा जटिल प्रकारको अप्रेशन भएको ईतिहास मै पहिलो पटक हो ।  बाजुरा घर भएका एक पुरुषलाई पेट दुख्ने समस्या देखिए पछि उनलाई बाजुरा अस्पताल लगिएको थियो । बाजुरा अस्पतालमा सो सम्भव नभए पछि जिल्ला अस्पताल बाजुराले उनलाई अछाम रिफर गरेको   गरेको हो ।
उपचारमा संलग्न डा अधिराज आचार्यले भने बिरामी अस्पताल पुगे पछि अस्पतालले अप्रेसनको तयारी गरेको हो । हामी अस्पतालको सिङ्गो टिम नै लागेर सो अप्रेसन सफल भयो । यो समग्र अछामबासीका लागि खुसिको कुरा हो उनले भने ।

Samajik New Add 2082

यो अप्रेसन जिल्ला अस्पताल अछामको ईतिहासमै पहिलो पटक भएको बताउदै अप्रेसन मा संलग्न डा आर्चायले भने अब अछाम अस्पतालले एम डि जि पि ले गर्न सकिने मेजर सल्यक्रिया सेवा (एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया सुरु गरेको घोषण गरेको छ यो निकै खुसिको कुरा हो उनले भने ।

Saud Agro Kailash

यस अघि जिल्ला अस्पताल अछाममा सल्यक्रियाबाट बच्चा निकाल्ने सेवा सञ्चालन हुँदै आएको थियो। यो सेवा बिस्तार भय संगै  अछामका मात्रै नभइ बाजुरा, दैलेख लगायत छिमेकि जिल्लाका बिरामी लाई पनि सहज हुने डा आर्चायले बताए ।एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिलका लागि एम डि जि पि  विशेषज्ञ  डा कम्लेस प्रसाद यादवको नेतृत्वमा रहेको टोलिले अप्रेसन सफल पारेको हो । अप्रेसन टिममा डा अधिराज आचार्य, एनेस्थेसियामा गंगा बुढा क्षेत्रि, अप्रेशन थिएटर नर्सिङ ममता शाह र सहयोगी चक्र लुहार लगायतको टिम रहेको थियो  ।

जिल्ला अस्पताल अछामका प्रमुख मेसु कम्लेश प्रसाद यादवले भने अब एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिलका बिरामीले अप्रेसनका लागि  जिल्ला बाहिर जानू पर्ने बाध्याता हटेको छ । हामीले हाडजोर्निको अप्रेसनको लागि समेत तयारी गरेका छौ,तर श्रोत र साधन को कमिले सो सुरु हुन सकेको छैन उनले भने । अब छिट्टै हाडजोर्नि समन्धी समस्या भएका बिरामिको अप्रेसन समेत सुरु हुनेछ डा यादबले भने ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.