समाजसेवी युवा नृप बोगटीको पहलमा बैरागी क्षेत्रको काउण्टर चोक चिटिक्क

केही दिन अघि सम्म दुर्गन्धित र अस्तव्यसत देखिने मंगलसेन बैरागीधारा क्षेत्रको काउण्टर चोक चिटिक्क बनेको छ । युवा व्यवसायी नृप बोगटीको पहलमा र स्थानीय युवाहरुको सक्रियतामा चोक सफासुघ्घर गर्दै चिटिक्क पारिएको हो ।

बोगटीको पहलमा बैरागी चाेकमा सरसफाई संगै साैन्दर्यका लागि बिरुवा राेपण देखि ट्रि गार्ड राख्ने र बिरुवाको सुरक्षाको लागि पक्कि संरचना समेत बनाउने कार्य गरिएको छ । आफुले करिब ४ वर्ष अघिदेखि सडक किनारामा बिरुवा लगाएको पछिल्लो समय थप बिरुवा रोपेर तिनको सुरक्षाका लागि संरचना निर्माण गरिएको उहाँले बताउनुभयो ।

हाल उक्त चोकमा बिभिन्न जातका १३ वटा बिरुवा हुर्किदै गरेका छन भने तिनको सुरक्षाका लागि १० वटा फलामे जालि सहितका ट्रि गार्ड र पक्की संरचना (पेटी) निर्माण गरिएको छ । सो कार्यका लागि करिब ४० हजार बढी खर्च भएकोमा यातायात व्यवसायी र स्थानीय युवाहरुबाट केही सहयोग प्राप्त भएको र बाँकी सम्पूर्ण खर्च आफैले गरेको बोगटीले जानकारी दिनुभयो । पक्की पेटीमा रंगराेगन र थप सजावटको कार्य बाँकी रहेकोले केही दिनभित्रै गरिने उहाँको भनाई छ ।

सो स्थानमा यात्रुहरु र अन्य स्थानीयलाई बस्न सहजताको लागि एउटा फलामे बेञ्च समेत राखिएको छ । सो बेञ्च न्यू एम डि ग्रिल उद्योगका सञ्चालक युवा उद्यमी मान बहादुर थापाले सहयोग गर्नुभएको हो । बैरागी क्षेत्रका सवै युवा तथा व्यवसायीहरुले यस्ता सामाजिक कार्यहरु निरन्तर आगामी दिनमा पनि गर्दै जाने युवा व्यवसायी गकेन्द्र केसीले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.