मंगलसेनमा अपाङ्गता समावेशी प्रारम्भिक बालविकास तथा शिक्षा कार्यक्रमकाे परियोजना समापन गरिएको छ । ह्याण्डीक्याप नेपाल र युनिसेफकाे सहयाेगमा सेताे गुराँस राष्ट्रिय बालविकास सेवा मार्फत सञ्चालित परियोजनाले नगरपालिकामा २ वर्षमा गरेका गतिविधिहरुकाे समिक्षा सहित समापन गरिएको हो ।
मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा परियोजना अवधिभर नगरपालिका क्षेत्रका सवै बालविकास केन्द्रहरुमा संचालित गतिविधिहरुको समिक्षा गरिएको थियो । समिक्षाका क्रममा परियोजना मार्फत बालशिक्षकहरुको क्षमता विकासमा टेवा पुग्नुका साथै कक्षा व्यवस्थापन र सुक्ष्म अपाङ्गता पहिचानका क्षेत्रमा उल्लेख्य सुधार भएको जानकारी गराईएको थियो । परियोजनाको कारण बालविकास तहमा सकारात्मक परिवर्तन भएको सहभागीहरुले बताएका छन ।
कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल, ह्ण्डीक्याप ईन्टरनेशनलका कन्ट्रि डाईरेक्टर बिरेन्द्र ठगुन्ना लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा विभिन्न वडाका वडा अध्यक्षहरु, निमित्त प्रमुख प्रशासकीय अधिकृत मञ्जु महत, विभिन्न विद्यालयका प्रधानाध्यापक र बालविकास सहजकर्ताहरुकाे सहभागीता रहेको कार्यक्रममा सेताे गुरास बालविकास सेवाका बाेर्ड सदस्य नर बहादुर पाख्रीनले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमकाे सञ्चालन सेताेगुरास राष्ट्रिय बालविकास सेवाका जिल्ला संयाेजक गणेश बिकले गर्नुभएको थियो ।