रामाराेशन गाउँपालिकामा शैक्षिक रुपान्तरण अभियान

वडानम्वर ७ काे विन्देश्वरी माविमा जागरणसभा सम्पन्न

Kirci Gyan Kendra

रामारोशन गाउँपालिकाकाे शैक्षिक रुपान्तरण अभियान अन्तरगत वडा नम्वर ७ मा वडा स्तरीय जनजागरण भेला कार्यक्रम सम्पन्न भएको छ । विन्देश्वरी मा. वि. सुतारमा कार्यक्रम गरिएको हाे ।

Samajik New Add 2082

वडाध्यक्ष तप्त बहादुर भण्डारीकाे अध्यक्षतामा भएको कार्यक्रममा रामारोशन गाउपालीका अध्यक्ष मान बहादुर साउद प्रमुख अतिथि रहनुभएकाे थियो । कार्यक्रमका बाेल्दै गाउपालीका अध्यक्ष साउदले पालपका भित्रका विद्यालयहरूलाई बालमैत्री बनाउने र सिकाई उपलव्धि बृद्दि गर्दै शैक्षिक सुधारका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथिमा प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी रहनुभएकाे थियाे । भण्डारीले रामारोशन गाउँपालीकामा शैक्षित रुपान्तरण अभियानलाई निरन्तरता दिईने बताउनुभयो । शैक्षिक गुणस्तर बृद्धि गर्न शिक्षक, विधार्थी र अभिभावक भूमिकाबारे प्रष्ट पार्दै विद्यालयहरुकाे निरन्तर रुपमा अनुगमन मुल्याङ्‌न र नियमन गरिने उल्लेख गर्नुभयो । कार्यक्रमका प्रमुख वक्ता समेत रहनुभएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीले राम्रालाई पुरस्कृत र नराम्रोलाई आवश्यक सुझाव सहित कारबाही गरिने बताउनुभयो ।

Saud Agro Kailash

कार्यक्रममा शिक्षा युवा तथा खेलकूद शाखा प्रमुख नविन ओझा, नेपाली काँग्रेसका पूर्ण बहादुर बिक, ने.क.पा. एमालेका नृप बहादुर बिक, ने.क.पा. माओवादी केन्द्रका नर बहादुर भण्डारी लगायतले मन्तव्य राख्नुभएको थियाे । यस्तै वडा भित्रका विभिन्न विद्यालयका विव्यस अध्यक्षहरु, प्रधानाध्यापक, जनप्रतिनिधि, अभिभावक, विद्यार्थी र सरोकारवालाहरुको उपस्थीती रहेको थियो।

कार्यक्रमकाे सञ्चालन विन्देश्वरी मा.वि. का प्रधानाध्यापक कुल बहादुर भन्डारीले गर्नुभएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवेन्द्र भण्डारीले जानकारी दिनुभयो ।कार्यक्रममा विन्देश्वरी माविका विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुति पनि देखाएका थिए ।

रामाराेशन गाउँपालिकाले हालसम्म ४ वटा वडामा शैक्षिक रुपान्तरण कार्यक्रम सम्पन्न गरिसकेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.