
मालिका सामुदायिक सिकाई केन्द्र मंगलसेन १ सुवाखाँदले आयोजना गर्न लागेको बृहत साँस्कृतिक कार्यक्रम तथा शैक्षिक मेलाको तयारी तिब्र पारिएको छ । सिकाई केन्द्रले कार्यक्रमको तयारी अन्तरगत विद्यालयको तहगत प्रतिष्प्रधाका कार्यक्रमहरुलाई अघि बढाएको हो ।

शनिबार कक्षा १ देखि ३ को हस्तकला प्रतियोगिता र कक्षा ४ देखि ५ को चित्रकला प्रतियोगिता संचालन गरिएको छ । सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रमबाट हस्तकला र चित्रकलाका प्रतिष्प्रधि विद्यालयका विद्यार्थिहरुविच प्रतिष्प्रधा गराईएको छ ।

जस अन्तरगत हस्तकलामा कुन्ती मावि, खम्म आधारभूत विद्यालय, मालिका आधारभूत विद्यालय, जाल्पा देवी आधारभूत विद्यालय र प्रगतिशिल आधारभूत विद्यालयले भाग लिएका थिए । यस्तै चित्रकला प्रतियोगितामा जाल्पादेवी आधारभूत विद्यालय बाहेक अन्य ४ विद्यालयले सहभागिता जनाएका छन । प्रतियोगितामा निर्णायकको भूमिका कुन्ति माविका सहायक प्रधानाध्यापक दिनेश पाल, जाल्पा आधारभूत विद्यालयका प्रधानाध्यापक रेखा नेपाली, विद्यालय नर्स जमुना खाती र सिकाई केन्द्रका सका निर्मला पाल थापाले निभाएका थिए ।
प्रतियोगितामा प्रथम, दृतिय र तृतिय हुने विद्यालय तथा विद्यार्थिलाई मंसिर २१ गते हुने औपचारिक समारोहमा पुरस्कार वितरण गरिने र उनियहरुको हस्तलेखन तथा चित्रलाई कार्यक्रममा प्रदर्शनीमा राखिने मालिका सामुदायिक सिकाई केन्द्रले जनाएको छ । यस्तै मावि स्तरिय वक्तृत्वकला प्रतियोगिता समेत केहि दिनमा गरिसक्ने जनाईएको छ ।
कार्यक्रममा सिकाई कन्द्रका कोषाध्यक्ष तथा कार्यपालिका सदस्य हंश थापा राना, कुन्ति माविका प्रधानाध्यापक मदन बहादुर बोगटी, खम्म आधारभूत विद्यालयका प्रधानाध्यापक एकेन्द्र खत्री, प्रगतिशिल आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रकला बिष्ट, सिकाई केन्द्रका आजीवन सदस्य कमल बहादुर थापा लगायत शिक्षक विद्यार्थिको सहभागिता रहेको थियो ।

