युवा व्यावसायि कर्ण बोगटी द्धारा अछाम क्याम्पसलाई ५८ हजार बराबरका पुस्तक सहयोग

Kirci Gyan Kendra

अछाम क्याम्पसका पूर्व विद्यार्थि तथा युवा व्यवसायी कर्ण बहादुर बोगटीले अछाम क्याम्पसलाई पुस्तक सहयोग गर्नुभएको छ । मंगलसेन नगरपालिका-३ घर भई हाल अमेरिकाको टेक्सासमा बसोवास गरिरहेका बोगटीले क्याम्पसमा विद्यार्थीलाई अध्ययनमा सहजताका लागि पुस्तक हस्तान्तरण गर्नुभएको हो ।

Samajik New Add 2082

बोगटीले सामान्य ज्ञान, ज्ञान, विज्ञान लगायतका विभिन्न पुस्तकहरु एक कार्यक्रमका बीच क्याम्पसलाई हस्तान्तरण गर्नुभएको थियो । पुस्तक हस्तान्तरणका क्रममा मंगलसेन नगरपालिकाका प्रमुख तथा क्याम्पस व्यवस्थापन समिति अध्यक्ष पदम बहादुर बोहराले समाजको विकासका लागि हरेक व्यक्तिले आफ्नो दायित्व पूरा गर्नुपर्ने बताउनुभयो । अध्यक्ष बोहराले अमेरिका पुगेपनि आफ्नो गाउँघरमा गरेको सहयोगप्रति आभार व्यक्त गर्दै सबैले यसैगरी आफ्नो ठाउँको विकासमा साझेदारी र सहयोग गर्न आग्रह गर्नुभयो ।

Saud Agro Kailash

पुस्तक हस्तान्तरणका क्रममा बोगटीले आफ्नो सफलताको जग अछाम वहुमुखी क्याम्पस भएकोले विद्यार्थीको हितका लागि पुस्तक सहयोग गरेको बताउनुभयो। बोगटीले हरेकले लक्ष्य निर्धारण गरेर योजनाबद्ध रुपमा काम गर्दा सपफलता पाइने भनाइ राख्नुभयो ।

निमित्त क्याम्पस प्रमुख मान बहादुर बुढाको अध्यक्षतामा पुस्तक हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो भने पूर्व क्याम्पस प्रमुख छत्र बहादुर विष्ट र नृप-बहादुर चाड, मंगलसेन बजार व्यवस्थापन समिति अध्यक्ष गोविन्द बोगटी सहित क्याम्पसका प्राध्यापकहरु, कर्मधारी र विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन प्राध्यापक झपट कुमार केसीले गर्नुभएको थियो ।

यस्तै अछाम बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जनक बहादुर शाहले क्याम्पसको अवलोकन गर्नुभएको छ । शाहले क्याम्पसको शैक्षिक र प्रशासनिक विकासका वारेमा जानकारी लिनुभएको हो । शाहलाई अछाम क्याम्पसले दोसल्ला, टीका लगाएर निमित्त क्याम्पस प्रमुख मान बहादुर बुढा, पूर्व क्याम्पस प्रमुख छत्र बहादुर विष्ट, प्रशासकीय प्रमुख उदयराज ढुगाना लगायतले क्याम्पसमा स्वागत गर्नुभएको हो । २०४८ सालमा स्थापना भएको अछाम बहुमुखीको पहिलो क्याम्पस प्रमुख शाह नियुक्त हुनुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.