षोडशा देवी माध्यामिक विद्यालयमा निर्माण गरिएको बहुउपयोगी मञ्च विद्यालयलाई हस्तान्तरण

Kirci Gyan Kendra

सदरमुकाम मंगलसेनमा रहेको षोडशा देवी माध्यामिक विद्यालयको हाता भित्र निर्माण गरिएको बहुउपयोगी मञ्च विद्यालयलाई हस्तान्तरण गरिएको छ । मंगलबार विद्यालयमा एक कार्यक्रमको आयोजनागरि मञ्च हस्तान्तरण गरिएको हो ।

Samajik New Add 2082

षोडशा माध्यामिक विद्यालयका तिन जना पुर्व विद्यार्थिहरुको आर्थिक सहयोगमा विद्यालयको लागि अति आवश्यक मञ्च निर्माण गरिएको थियो । अछाम मंगलसेन नगरपालिका वडा न ३ घरभई हाल अमेरीका बस्दै आउनु भएका कर्ण बहादुर बोगटी, मंगलसेन नगरपालिका वडा न ४ घरभई हाल अमेरीकाको टेक्सास बस्दै आउनु भएका गगन केसी र कमलबजार नगरपालिका वडा न ८ ढाकु घरभई हाल अमेरीकाको क्यालिफोर्निया बस्दै आउनु भएका दल बहादुर बोगटीको संयुक्त लगानीमा विद्यालयमा मञ्च निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटीले बताउनुभयो ।

Saud Agro Kailash

कर्ण बहादुर बोगटी संयोजक रहेको उक्त मञ्च निर्माण गर्न ५ लाख लगानी भएको प्रधानाध्यापक बोगटीको भनाई छ । मंगल खबरसंग कुराकानी गर्दै प्रधानाध्यापक बोगटीले भन्नुभयो सरकारको लगानी अनुसार निर्माण गर्ने हो भने यो मञ्चमा १० लाख बराबरको काम भएको छ विद्यालयको पनि केही प्राविधिक सहयोग रहेकाले ५ लाखमै यसको निर्माण कार्य सम्पन्न भएको उहाले बताउनुभयो । मन्च निर्माण भएपछि विद्यालयमा हुने सबै किसीमका सभा समारोह गर्न सहज हुने विद्यालय प्रशासनले जनाएको छ ।

यस्तो मञ्च विद्यालयको लागि अति नै आवश्यक थियो हाम्रा पुर्व विद्यार्थिहरुले निर्माण गरिदिएपछी विद्यालयमा अर्को राम्रो भौतिक संरचना थपिएको भन्दै खुसी व्यक्तगर्नुभयो । मञ्च हस्तान्तरण कार्यक्रममा सहभागि विद्यार्थिहरु पनि अब मञ्चमा आफ्ना प्रतिभाहरु तथा क्षमता प्रस्फुटन गर्न पाउने भन्दै खुसी व्यक्त गरेका थिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झंकर प्रसाद भाटको अध्यक्षतामा भएको मञ्च हस्तान्तरण कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, अछामका प्रमुखजिल्ला अधिकारी शिव प्रसाद लम्साल, सामाजिक विकास कार्यालय अछामका प्रमुख डम्बर बहादुर रावल, नगरपालिका निमित्त प्रमुख प्रशासीकय अधिकृत मञ्जु महत, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल, मन्च निर्माणका लागि मुख्य भूमिका निर्वाह गर्ने युवा व्यवसायी कर्ण बहादुर बोगटी, बजार विकास तथा प्रर्वद्धन समितिका अध्यक्ष गोपाल बोगटी लगायतले मन्तव्य राख्दै तिनैजना सहयोगी युवाहरुलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

सोही अवसरमा तिनैजना युवाहरुलाई सम्मान पत्र द्धारा सम्मान समेत गरिएको छ । विद्यालयका प्रधानाध्यापक बृकेश सिंह बोगटीको स्वागत मन्तव्य बाट सुरुभएको कार्यक्रमको संचालन शिक्षक धन कुमार केसीले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.