लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलसेन नगरपालिका वडा नम्बर ८ मा सचेतनामुलक कार्यक्रम सम्पन्न


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउमा सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । वडा कार्यालयको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

वडा नम्बर ८ का वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि रावलले लैंगिक हिंसा न्यूनिकरणका लागि आफुले नगरपालिका मार्फत सचेतिकरणका कार्यक्रम संचालनमा जोड दिएको बताउनुभयो । हरेकले घरबाटै हिंसा अन्त्यका लागि प्रतिवद्ध हुनुपर्नेमा उहाँको जोड थियो ।


कार्यक्रममा नेकपा एमालेका जिल्ला कमिटी अध्यक्ष चन्द्र बोहरा र पूर्व वडा अध्यक्ष तथा नेपाली काँग्रेसका जिल्ला सदस्य हिरण्ड बोहरा बिशिष्ट अतिथि रहनुभएको थियो ।
अन्य अतिथिमा वडा सदस्यहरु डम्मर बिष्ट, टंक कुमारी बोहरा, सैलजा खनाल जोसी, मैसरा कामी, कालिका आधारभट्ठत विद्यालय र जाल्पा आधारभूत विद्यालयका विव्यस अध्यक्षहरु, प्रधानाध्यापकहरु र शिक्षकहरु सहित वडा स्तरका पार्टी प्रतिनिधि, स्वास्थ्यकर्मी र स्वयंसेविका लगायत रहनुभएको थियो ।
कार्यक्रममा वडा स्थित समाजसेवी, बुद्धिजीवी, महिला र सरोकारवालाहरुको सहभागिता रहेको थियो भने कार्यक्रममा चेतनामुलक देउडागित समेत प्रस्तुत गरिएको वडा सचिव गणेश बिकले जानकारी दिनुभयो ।
