
मंगलसेन नगरपालिका १ नं. वडा कार्यालय द्धारा महिला स्वंसेविकालाई सम्मान गरिएको छ । “विविध स्वास्थ्य क्रियाकलापहरुमा, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ्य समाज निर्माणमा सहभागिता” भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको हो ।


२१ औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसका अवसरमा वडा कार्यालयद्वारा महिला स्वास्थ्य स्वयंसेविकालाई न्यानाे लुगा, सल, झाेला लगायतका सामग्री बितरण गर्दै सम्मान तथा प्राेत्साहन गरीएको थियो । वडा नम्वर १ का वडा अध्यक्ष लाेक राज नाथकाे अध्यक्षतामा भएकाे कार्यक्रममा बाेल्दै उहाँले सामुदायिक महिला स्वस्थ्य स्वंयमसेविकाले समाज रूपान्तर र परिवर्तनका संभाहकका रूपमा महिला स्वंयमसेवीका रहेको बताउनुभयो ।
कार्यक्रममा नगर कार्यपालिका सदस्य हंश कुमारी थापाले सामुदायिक महिला स्वस्थ्य स्वंयम सेवीकाले गाउमा गरेकाे कामकाे मुल्यांकन गर्दै साेही अनुरूप वडा कार्यालयले पहिलाे पटक सम्मान कार्यक्रमकाे आयाेजना गरेर स्वंयमसेविकाकाे हाैसला बढाएकाे बताउनुभयो ।
कार्यक्रममा मंङ्गलसेन नगरपालिका वडा नम्वर १ का वडा सचिव सिद्ध राज ढुंगाना, कुन्ति स्वास्थ चाैकि ब्यावस्थापन समितिका सदस्यहरू, स्वास्थ्य चाैकीमा कार्यरत कर्मचारी लगायतका अन्य महानुभावहरूकाे उपस्थित रहेकाे थियो । कार्यक्रममा कुन्ति स्वास्थ चाैकी ब्यावस्थपन समितिकाे पुनर्गठन समेत गरीयकाे थियाे भने कार्यक्रमकाे संञ्चाल कुन्नि स्वास्थ्य चाैकीका ईन्चार्ज तेज राज नाथले गर्नुभएको थियाे ।

