मालिका सामुदायिक सिकाई केन्द्रको २ दिने बृहत साँस्कृतिक कार्यक्रम तथा शैक्षिक मेला सम्पन्न

रचनात्मक कार्यलाई निरन्तरता दिन नगर प्रमुख बोहराको आग्रह, सिकाई केन्द्रले गरेका कामप्रति सरोकारवाला खुसी

Purnima Mobile
Kirci Gyan Kendra

मालिका सामुदायिक सिकाई केन्द्र मंगलसेन १ ले आयोजना गरेको बृहत साँस्कृतिक कार्यक्रम तथा शैक्षिक मेला एवं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ । यहि मंसिर २१ गते देखि सुरु भएको कार्यक्रम २२ गते सम्म विविध क्रियाकलापहरु गर्दै सिकएको हो ।

Samajik New Add 2082

सिकाई केन्द्रका अध्यक्ष होम बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपािलका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख पदम बहादुर बोहराले मालिका सामुदायिक सिकाई केन्द्रले बर्षेनी आयोजना गर्ने रचनात्मक कार्यको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्तै रचनात्मक कार्यलाई निरन्तरता दिन आग्रह गर्नुभएको छ । संस्थाको नेतृत्व गर्ने व्यक्ति सकृय भएपछि उसले नेतृत्व गरेको संस्था पनी चलायमान हुने भन्दै उहाँले अहिलेको संचालक ससिमीलाई धन्यवाद समेत दिनुभएको छ । नरपालिकामा ५ वट सामुदायिक सिकाइ केन्द्र भएपनी मालिका सिकाई केन्द्रले उदारणीय काम गरेको हुदा यो संस्थालाई नगरपालिकाको तर्फबाटद पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाउनु भएको छ । आगामी दिनमा पनि यस्तै रचनात्मक कृयाकलापलाई निरन्तरता दिन समेत अनुरोध गर्नुभएको छ । यो सिकाइ केन्द्रले समुदायमा हुने अन्य विविध गतिविधिलाई पनि संग संंगै अघि बढाउन आवश्यक रहेको नगर प्रमुख बोहराको भनाई छ ।

Mellekh RM1

अहिले महिला हिंसा विरुद्धको १६ दिने अभियान संचालन भईरहेको भन्दै अब यस्ता कुरितीका विरुद्ध एकताबद्ध भएर अघि बढ्न आवश्यक रहेको बताउनुभयो । लैगिंक हिंसा र महिला हिंसा अहिले पनी भईरहेको भन्दै नगर प्रमुख बोहराले यस तर्फ हामी सबै सचेत नागरिक नसचेत हुन आवश्यक रहेको बताउनुभयो । आज आफ्नो गाउठाउमा केही हुदैन यो देशमा भविष्य छैन भनेर गलत अफवाह फैलाईएकोमा चिन्ता व्यक्त गदै नगर प्रमुख बोहराले आफ्नै गाउँठाउमा केही गर्न सकिन्छ भन्ने भावनाका साथ अघि बढ्न आग्रह गर्नुभएको छ कार्यक्रममा विभिन्न सास्कृतिक कार्यक्रम मार्फत सचेतना फैलाइएको थियो ।

बृहत सांस्कृतिक कार्यक्रममा नगर उप प्रमुख संगिता रावल सोडारी बिशिष्ट अतिथि रहनुभएको थियो । उपप्रमुख रावलले लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अवसरमा सिकाई केन्द्रले विभिन्न क्रियाकलाप गरेको भन्दै धन्यवाद दिनुभयो । मालिका सामुदायिक सिकाई केन्द्र सक्रियताका साथ सामाजिक रुपान्तरण र उद्यमशिलताका कार्यमा अघि बढिरहेको भन्दै उहाँले यसलाई निरन्तरता दिएर थप सामाजिक कार्यमा सक्रिय हुन आग्रह गर्नुभएको थियो । 

कार्यक्रममा वडा नम्वर ३ का अधक्ष्य तथा सामाजिक समिति संयोजक बृख बहादुर बोगटी, वडा नम्वर १ का अध्यक्ष लोकराज नाथ, २ का अध्यक्ष देबेन्द्र बहादुर बोगटी, ५ का अध्यक्ष झंकर प्रसाद भाट, सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावल, नेपाली काग्रेसका राजेश बोगटी, एमाले मान बहादुर बोगटी, नेकपा माओवादी केन्द्रका शिव बहादुर बोगटी, राष्टिय स्वतन्त्र पार्टीका दिपक बहादुर साउद, नेकपा एकिकृत समाजवादीका पुर्ण बहादुर रान, नेपाल कम्युनिष्ट पार्टीका एकेन्द्र नाथ, नगरपालिका शिक्षा शाखाका प्रास दिपक भण्डारी, पत्रकार टेक बहादुर थापा, कुन्ती माविका प्रधानाध्यापक मदन बहादुर बोगटी, जेसिज अछामका अध्यक्ष झनक अधिकारी लगायतले मन्तव्य राख्न्नु भएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने सरोकारवालाहरुले मालिका सामुदायिक सिकाइ केन्द्रले गरेका कार्यको खुलेर प्रशंसा गरेका थिए । हरेक वर्ष यस्तै सृजनशिल कार्य बाट वडाका नागरिकहरुको मन जित्ने काम यो संस्थाले गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्यलाई निरन्तरता दिन सुझाव दिएका थिए ।

कार्यक्रमको पहिलो दिन मुख्य आकर्षणको रुपमा मंगलसेन नगरपालिका १ र २ का सामुदायिक विद्यालयहरुबाट राखिएका शैक्षिक स्टलहरु रहेका थिए । स्टलहरुमा सवै विद्यालयले आ आफ्नो विद्यालयको समग्र शैक्षिक अवस्था झल्किने शैक्षिक विवरण, शैक्षिक सामग्री, स्थानीय श्रोत साधनको प्रयोगको अवस्था र दिवाखाजा सम्वन्धि सामग्रीको समेत प्रदर्शनी गरिएको थियो । शैक्षिक मेलामा कुन्ति मावि, खम्म आधारभूत विद्यालय, मालिका आधारभूत विद्यालय, प्रगतिशिल आधारभूत विद्यालय र जाल्पादेवी आधारभूत विद्यालयले सहभागीता जनाएका थिए ।

Saud Agro Kailash

सोही अवसरमा सिकाइ केन्द्रले आयोजना गरेका विभिन्न विद्यालयको तहगत शैक्षिक प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र शान्त्वना स्थान हासिल गर्ने विद्यालय र विद्यार्थिहरुलाई पुरस्कृत तथा सम्मानित गरिएको थियो । जसमा वक्तृत्वकला कुन्ती माविको कक्षा ६ देखि १० का विद्यार्थिले भाग लिएकामा प्रथम, दृतिय र तृतिय हुनेलाई पुरस्कृत गरिएको थियो भने चित्रकलामा पनि कुन्ती मावि प्रथम,आवि शान्त्त्वना भएका छन । यस्तै हस्तलेखनमा प्रगतिशिल आवि प्रथम, कुन्ती मावि दृतिय, जाल्पादेवी आवि तृतिय, मालिका आवि र खम्म आवि सान्त्वना भएका थिए ।

यस्तै कार्यक्रममा संस्थाका सदस्य बिरु कामी, युवा उद्यमी बालाराम जैगडीलाई सम्मान गरिएको थियो अतिथिहरुलाई बाँसु निगालोबाट वनेका स्थानीय उत्पादनहरु मायाको चिनोका रुपमा प्रदान गरिएको थियो । कार्यक्रममा सहभागि अतिथिहरुले विद्यालयहरुले राखेका स्टलहरुको निरक्षण गर्दै सिकाई केन्द्रले गरेको नमूना कार्यको प्रशंशा गरेका थिए । कार्यक्रममा पहिलो दिन विभिन्न सिकाई समूह तथा विद्यालयहरुका सचेतनामुलक सांस्कृतिक झाकीहरु समेत प्रस्तुत गरिएको थियो । मालिका सामुदायिक सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापाको स्वगात मन्तव्य बाट सुरु भएको पहिलो दिनको उदघाटन कार्यक्रमको संचालन सिकाई केन्द्रका परिचालक निलम पालले गर्नुभएको थियो ।

यस्तै दोस्रो दिन पनि सामुहिक देउडा तथा न्याउले खेलहरु प्रस्तुती सहित कार्यक्रम समापन गरिएको छ । समापन कार्यक्रममा वडा नम्वर १ का अध्यक्ष लोक राज नाथ प्रमुख अतिथि रहनुभएको थियो भने कार्यपालिका सदस्य हंश राना र संस्कृति प्रेमी कर्ण बहादुर केसी बिशिष्ट अतिथि रहनुभएको थियो । यस्तै कार्यक्रममा कलाकार कल्पना नेपाली, पुष्पा बुढा र पार्वती बुढा सहित चेतमान रोकाया, झंकरी नेपाली सहितको सामुहिक देउडा खेलिएको थियो । यस्तै स्थानीय महिलाहरुको सामुहिक न्याउलेखेल समेत प्रस्तुत गरिएको थियो । 

२ दिने उत्सवमय कार्यक्रम संचालनका लागि वडा नम्वर १ र २ मा रहेका सवै सामुदायिक विद्यालयहरुले सहकार्य गरेका थिए भने मंगलसेन नगरपालिका, सामाजिक विकास कार्यालय, शिक्षा विकास तथा समन्वय ईकाइ, मंगलसेन नगरपालिकाका सवै वडाहरु र संघसंस्थाले सहयोग तथा साझेदारी गरेका थिए । कार्यक्रमलाई मंगलसेन १ घर भई भारत लगायत प्रवासमा रहने युवाहरु र मंगलसेन तथा सुवाखाँद बजारका व्यापारीहरुले समेत प्रायोजन सहयोग गरेका थिए । मालिका सामुदायिक सिकाइ केन्द्रले गरेका सामाजिक कार्यहरुको स्थानीय नागरिकहरुले पनि प्रशंसा गरेका छन ।

कार्यक्रमका केही तस्बिरहरुः

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.