मालिका सामुदायिक सिकाई केन्द्रद्वारा बृहत् सास्कृतिक कार्यक्रम तथा शैक्षिक मेलाकाे समिक्षा

Kirci Gyan Kendra

मालिका सामुदायिक सिकाई केन्द्रकाे वैठक सम्पन्न भएको छ । वैठकले मंसिर २१ र २२ गते सम्पन्न बृहत् सास्कृतिक कार्यक्रम तथा शैक्षिक मेलाकाे समीक्षा गर्नुका साथै खर्चको सार्वजनिक सुनुवाइ गरेको हाे ।

Samajik New Add 2082

सिकाई केन्द्रका अध्यक्ष हाेम बहादुर साउदकाे अध्यक्षतामा भएको वैठक तथा समीक्षा कार्यक्रम वडा अध्यक्ष लाेकराज नाथ प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रम बाेल्दै वडा अध्यक्ष नाथले सिकाई केन्द्रले गरेकाे कार्यक्रमबाट सकारात्मक सन्देश प्रवाह भएको बताउदै आगामी दिनमा शैक्षिक क्रियाकलापहरु र सिपमुलक कार्यलाई जाेड दिनुपर्ने बताउनुभयो । आगामी दिनमा फरक सिपमुलक कार्यक्रम गर्नका लागि वडाले समेत हातेमालो गर्ने उहाँको भनाइ छ ।

समिक्षाका क्रममा २ दिने बृहत् सास्कृतिक कार्यक्रम तथा शैक्षिक मेलामा जम्मा १ लाख ३९ हजार ६२० रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको थियोे । यसमा मिडिया परिचालन खर्च थप हुने सिकाई केन्द्रले जनाएको छ । साथै हालसम्म कार्यक्रमका लागि विभिन्न व्यक्ति तथा निकायहरुबाट जम्मा ६७ हजार ८१० रुपैयाँ सहयोग प्राप्त भएको र मिडिया परिचालन बाहेक अझै ७१ हजार ८१० रुपैयाँ तिर्न बाँकी रहेकाे विवरण सार्वजनिक सुनुवाइ गरिएको छ ।

Saud Agro Kailash

समिक्षा वैठकमा सहभागी अतिथि तथा सराेकारवालाहरुले कार्यक्रम निकै सभ्य र भव्य रुपमा सम्पन्न भएको भन्दै आगामी दिनमा थप फरक कार्यक्रमहरु गर्नुपर्ने सुझाव दिएका छन । सिकाई केन्द्रले शैक्षिक र सिपमुलक कार्यक्रमहरु समेत थप गर्दै जानुपर्नेमा सहभागीकाे जाेड थियोे ।

वैठकमा कुन्ति माविका प्रधानाध्यापक मदन बहादुर बाेगटी, स्वास्थ्यचाैकी ईञ्चार्ज तेजराज नाथ, सिकाई केन्द्रका उपाध्यक्ष मनिराम थापा, समाजसेवी चन्द्र जैगडी, आजीवन सदस्य तथा युवा समाजसेवी कमल थापा, बिर्ख राना, डम्बर नेपाली, हिरण्ड नाथ, सहसचिव लछिराम जैगडी, सदस्य निर्मला थापा, बिरु कामी, गगन नेपाली लगायतको उपस्थिति रहेको थियोे ।

वैठककाे सञ्चालन सिकाई केन्द्रका परिचालक निर्मला पालले गर्नुभएको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.