धनवन्तरी मावि तोलिमा २ दिने आत्मरक्षा तालिम सञ्चालन

Samajik Bal biwaha

धनवन्तरी मावि पञ्चदेवल बिनायक नगरपालिका ६, ताेलिमा २ दिने आत्मरक्षा तालिम सञ्चालन गरिएको छ । विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि सामाजिक विकास कार्यालय अछामको आयाेजनामा तालिम सञ्चालन गरिएको हाे ।

तालिमको उदघाटन कार्यक्रममा सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै उहाँले आत्मरक्षा तालिमले बालबालिकालाई आत्मसुरक्षाका लागि निकै उपयोगी हुने बताउनुभयो । साथै तालिमले हिंसा न्यूनिकरण र राेकथाममा समेत टेवा पुग्ने उहाँको भनाइ छ ।

कार्यक्रममा विशिष्ट अतिथि पञ्चदेवल बिनायक नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत डम्बर बहादुर थापा र वडा न ६ का वडाअध्यक्ष कमल रावल रहनुभएकाे थियाे ।

Mangalsen Mun Anurodh

विद्यालयका प्रधानाध्यापक अकल रावल लगायत अतिथि रहनुभएकाे तालिम उदघाटन कार्यक्रममा सहायक प्रधानाध्यापक जगत रावलले पनि मन्तव्य राख्नुभएको थियो ।

यसैबीच, सामाजिक विकास कार्यालय अछामले एकजना जेष्ठ नागरिकलाई न्यानो लुगा सहित सम्मान गरिएको छ । पञ्चदेवल बिनायक नगरपालिका ६ कि १०० वर्षिय पार्वती कामीलाई कार्यालयबाट ब्ल्याङकेट, स्वीटर, टाेपी र सुरुवाल उपलव्ध गराईएकाे कार्यालय प्रमुख डम्बर बहादुर रावलले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.