
मङ्गलसेन नगरपालिका ४ मा समुदाय स्तरमै सवै नागरिकको निशुल्क स्वास्थ्य परिक्षण गरिने भएको छ । वडा कार्यालयकाे सहयोग तथा बलडाडा आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे आयाेजनामा साे कार्य हुन लागेकाे हाे ।

स्वास्थ्य परिक्षणका क्रममा सवै ४० वर्ष माथिका नागरिककाे मधुमेह (सुगर) जाचका लागि रगत शंकलन तथा सवै ३० वर्ष माथिका नागरिकको रक्तचाप जाँच गरिने र क्षयरोग संकास्पद व्यक्तिको खकारकाे नमूना संकलन गरिने जनाएको छ ।

वडा कार्यालय मार्फत सूचना जारी गर्दै यहि पुस २१ गते देखि २३ गते सम्म ३ दिन वडाका विभिन्न टाेलमा स्वास्थ्य जाँच कार्यक्रम राखिएको छ । जसा २१ गते ढल्ले बडरुख चाैतारामा, २२ गते नागाताेला कमलगाउ पिपलचाैतारामा र २३ गते वडा कार्यालयमा स्वास्थ्य परिक्षण कार्यक्रम राखिएको आधारभूत स्वास्थ्य सेवा केन्द्रका ईञ्चार्ज अर्जुन बहादुर बाेहराले जानकारी दिनुभयाे ।
ताेकिएकाे पायक पर्ने स्थानमा गई आआफ्नो स्वास्थ्य परिक्षण गराउनहुन सवै नागरिकहरुलाई वडा अध्यक्ष नाम सिंह धामीले समेत आग्रह गर्नुभएको छ ।


