बस्तिमा वडा स्तरीय रनिङसिल्ड प्रतियोगिता सम्पन्नः प्रतियोगिताले प्रतिभा पहिचान भएको वडा अध्यक्ष बोगटी

Kirci Gyan Kendra

मङ्गलसेन नगरपालिका १३ बस्तिमा दोस्रो वडा स्तरीय रनिङसिल्ड प्रतियोगिता सम्पन्न भएको छ । १३ नं. वडा कार्यालयको सहयोग तथा आयोजना र यसोधरा माविको सह आयोजनामा यहि पुस १९ गतेबाट सुरु भएको प्रतियोगिता साेमबार समापन गरिएको हाे ।

Samajik New Add 2082

वडाभित्र रहेका ८ वटा सामाुदायिक विद्यालयहरुको सहभागिता रहेको प्रतियोगितामा आधारभूत १ देखि ५, निमावि तह र मावि तहको विभिन्न विधामा प्रतिष्प्रधा गराईएको थियो । प्रतियोगितामा मावि तहमा १०० मिटर, २०० मिटर, ४०० मिटर र ८०० मिटर दौड प्रतियोगिता गराईएको थियो भने हाईजम्प, लङजम्प, सटपट, ज्याबलिङ थ्रो, त्रिपल जम्प, कबडी, कृकेट र भलिबल प्रतियोगिता गराईएको थियो । यस्तै निमावि तहमा १०० मिटर, २०० मिटर र ४०० मिटर दौड प्रतियोगिताका साथै हाईजम्प, लङजम्प, सटपुट र हाजिरीजवाफ प्रतियोगिता गराईएको थियो । यसैगरी प्रावि स्तरमा  १०० मिटर र २०० मिटर दौड तथा हाईजम्प, लङजम्प र हिसाब दौड प्रतियोगिता गराईएको थियो । प्रतियोगितामा १८ स्वर्ण सहित शिशु सुधार माबि प्रथम, १७ स्वर्ण  सहित यशोधरा माबि दृतिय र ९ स्वर्ण सहित शिशु कल्याण आधारभूत विद्यालय तृतिय भएका छन । विभिन्न प्रतियोगितामा छात्र र छात्रा तर्फ छुट्टाछुट्टै प्रतिष्प्रधा गराईएको जनाईएको छ ।

Saud Agro Kailash

यशोधरा माबि बाँडाका  बिब्यस अध्यक्ष इन्द्र धामिको अध्यक्षतामा भएको प्रतियोगिता समापन कार्यक्रमका प्रमुख अथिती वडा नम्वर १३ का वडा अध्यक्ष हिक्मत बहादुर बोगटी  रहनु भएको थियो । कार्यक्रममा बोल्दै उहाँले वडा स्तरिय रनिङसिल्ड प्रतियोगिताबाट विद्यार्थिहरुको प्रतिभा पहिचानमा टेवा पुगेको बताउनुभयो । सवै विद्यालयमा अध्ययन गर्ने बालवालिकाहरुको खेलकुद विकासका लागि गत वर्ष देखि वडा स्तरिय रनिङसिल्डका लागि बजेटको व्यवस्था गरेको बताउनुभयो । आगामी दिनमा पनि यस कार्यलाई निरन्तरता दिने उहाँको भनाई छ ।

समापन कार्यक्रमका अन्य अथितिमा नेपाली काङ्ग्रेसका जिल्ला कार्य समिति सदस्य टंक थापा,  नेकपा एमालेका नगर कमिटी सदस्य तेज बहादुर थापा, नेकपा  माओवादी केन्द्रका नगर कमिटी सदस्य हरिश दमाई, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दिपक साउद, शिशु शुधार माबिका प्रधानाध्यापक अर्जुन बहादुर थापा,  यशोधरा माबिका प्रधानाध्यापक लाल बहादुर धामी, शिशु कल्याण आधारभूत विद्यालयका प्रधानाध्यापक धर्म नेपाली  लगाएत रहनु भएको धनबिर नेपालीले जानकारी दिनुभयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.