षाेडशा देवी माविका ९० जना विद्यार्थीलाई सचेतिकरण गरियो

Kirci Gyan Kendra

विद्यार्थीहरुका लागि सचेतिकरण कार्यक्रम षाेडशा देवी मावि मंगलसेनमा सम्पन्न भएको छ । लागू पदार्थ दुर्व्यसन बिरुद्ध र मानसिक स्वास्थ्य प्रवर्द्धन तथा आत्महत्या निरुत्साहनका लागि विद्यार्थीहरुलाई सचेतिकरण सचेतिकरण गरिएको हाे ।

Samajik New Add 2082

सामाजिक विकास कार्यालय अछामकाे बाल अधिकार संरक्षण कार्यक्रम अन्तरगत आयाेजित कार्यक्रमको अध्यक्षता सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलले गर्नुभएको थियाे । जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष विक प्रमुख अतिथि रहनुभएकाे कार्यक्रममा षोडशा देवी माविका प्रधानाध्यापक वृकेश सिंह वोगटी रहनुभएकाे थियो ।

Saud Agro Kailash

कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलले कार्यक्रमकाे औचित्य माथि प्रकाश पार्नुभएकाे थियो । यस्तै कार्यक्रममा प्रमुख अतिथि तथा जिल्ला प्रशासन कार्यालय अछामका प्रशासकीय अधिकृत सन्तोष विकले लागू पदार्थ दुर्व्यसनि सम्वन्धि प्रशिक्षण दिनुभएको थियाे । जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी निरीक्षक जय पार्कीले आत्महत्या निरुत्सान सम्वन्धि प्रशिक्षण दिनुभएको थियाे ।

षाेडशा देवी माविका ९० जना विद्यार्थीहरुकाे सहभागीता रहेकाे कार्यक्रमकाे सञ्चालन जिल्ला प्रशासन कार्यालय अछामका नायव सुब्बा बिनाेदराज खनालले गर्नुभएको थियाे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.