अछाम जेसिजको अध्यक्षमा जितमान बोहरा

Kirci Gyan Kendra

अछाम:
अछाम जेसिसको ११ औं शाखा अधिवेशन तथा साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । वर्ष २०२५ को अध्यक्षमा जितमान बोहरा निर्वाचित भएका छन ।

Samajik New Add 2082
Saud Agro Kailash

कार्यकारिणी उपाध्यक्षमा झनक अधिकारी र कमल कुमार रावल निर्वाचित भएका छन । यस्तै महासचिवमा हिक्मत बहादुर नेपाली , कोषाध्यक्षमा आनन्द साउद कानुनी सल्लाहकारमा मनकला न्यौपाने, सचिवमा निशा भट्टराई मनाेनित भएका छन । उपाध्यक्षमा पुष्प सञ्ज्याल, ईसरा भण्डारी थापा, जनक साउद र जगत बहादुर भण्डारी निर्वाचित भएका छन ।

निर्वाचित र नेपाल जेसिजको विधान अनुसार मनोनीत पदाधिकारीको माघ ४ गते पदस्थापना कार्यक्रम गरिने बताईएको छ ।

यश अघि उद्घाटन सत्र बर्ष २०२४ का अध्यक्ष फलेन्द प्रसाद उपाध्ययको अध्यक्षतामा सम्पन्न भएको थियोे । कार्यक्रमका प्रमुख अतिथि बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही रहनु भएको थियो । कार्यक्रमको विशिष्ट अतिथि वर्ष २०२० का अध्यक्ष तुलाराम विसी र अतिथिमा वर्ष २०२३ का अध्यक्ष टेक बहादुर थापा रहनु भएको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.