एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयनः अध्यक्षमा शाही उपाध्यक्ष सहित अछाम ईञ्चार्जमा कुवर

धनगगढी :

Samajik New Add 2082

नेकपा (एकीकृत समजवादी)को सुदूरपश्चिम अध्यक्षको जिम्मेवारी विक्रमबहादुर शाहीले पाएका छन्। डडेल्धुराका शाहीलाई पार्टीको स्थायी कमिटीको सातौं बैठकले प्रदेश अध्यक्षको जिम्मेवारी दिएको सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले जानकारी दिइन्। उनका अनुसार रामकुमार ज्ञवाली, निरा जैरु र प्रेम आलेलाई प्रदेश सह-इञ्चार्जको जिम्मेवारी दिइएको छ।

यस्तै प्रदेशका ९ जिल्ला इन्चार्जको पनि टुंगो लागेको शाहले जानकारी दिइन्। अछाममा शेरबहादुर कुँवर (प्रदेश कमिटी उपाध्यक्ष समेत), दार्चुलामा नरेन्द्र बिष्ट, बैतडीमा परमानन्द भट्ट, डडेल्धुरामा नरबहादुर बिष्ट, कञ्चनपुरमा लालबहादुर खड्कालाई इञ्चार्ज तोकिएको छ।

यस्तै कैलालीमा दीर्घ सोडारी (प्रदेश कमिटी उपसचिव समेत), डोटीमा हर्कबहादुर सिंह (प्रदेश कमिटी उपाध्यक्ष समेत), बझाङमा दिलबहादुर सिंह र बाजुरामा हिक्मत जङ्ग शाहीलाई जिल्ला इञ्चार्जको जिम्मेवारी दिइएको छ।

शेर बहादुर कुँवरलाई अछाम इन्चार्ज सहित सुदूरपश्चिम उपाध्यक्षको जिम्मेवारी

राष्ट्रिय सभाका सदस्य तथा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य शेर बहादुर कुँवरलाई पार्टीमा अछाम इन्चार्जसहित सुदूरपश्चिम प्रदेश कमिटी उपाध्यक्षको जिम्मेवारी दिइएको छ ।

पार्टीको स्थायी कमिटीको सातौँ बैठकले कुँवरलाई अछाम जिल्लाको इन्चार्जसँगै प्रदेश कमिटीमा उपाध्यक्षको जिम्मेवारी दिएको हो । यस्तै नेता कुल बहादुर कुवर प्रदेश सामाजिक विकास राज्यमन्त्री मना कुमारी साउद र नेता शङ्कर भण्डारीलाई अछाम जिल्ला सह इन्चार्जको जिम्मेवारी तोकिएको छ ।

प्रदेशसभा सदस्य बल बहादुर सोडारीलाई केन्द्रीय अनुशासन आयोग सदस्य तथा केन्द्रीय परिषद् सदस्यको जिम्मेवारी दिइएको नेकपा एकिकृत समाजवादीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.