
रामाराेशन गाउँपालिका स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताकाे उपाधि बिन्देश्वरी नमूना माविले जितेको छ । मङ्गलबार सम्पन्न प्रतियोगितामा ८ स्वर्ण, ६ रजत २ कास्य गरि जम्मा १६ पदक जित्दै सिल्ड हात पारेकाे हाे ।

प्रतियोगितामा दाेस्राे भएको पूर्णचन्द्र माविले ६ स्वर्ण, ५ रजत र ४ कास्य गरि १५ पदक जितेको छ भने तेस्रो भएको यसाेदा माविले ६ स्वर्ण, २ रजत र ३ कास्य गरि ११ पदक जितेको छ ।

प्रतियोगितामा आयाेजक नेरा माविले चाैथाे स्थानमा रहदै ३ स्वर्ण, ७ रजत र ९ कास्य गरि १९ पदकमा जित हासिल गरेको छ । यस्तै पाँचौ स्थानमा रहेकाे सरिता माविले २ स्वर्ण, १ रजत र ३ कास्य गरि ६ पदक जित्दा छैठौंमा रहेकाे सरस्वती माविले १ स्वर्ण, १ रजत र ३ कास्य गरि ५ पदक जितेको छ । प्रतियोगितामा स्वर्ण बिहिन रहेकाे निलकण्ठ माविको ४ रजत र ३ कास्य गरि ७ पदक सहित ७ औं स्थान छ भने पदक बिहिन रहेको पिङ्गला देवी मावि पुछारमा रहेको छ । प्रतियोगितामा बिजेता खेलाडीहरु जिल्ला स्तरीय राष्ट्रपति रनिङसिल्ड प्रतियोगिताका लागि छनाेट भएका छन ।
यहि माघ ५ गते देखि रामारोशन गाउँपालिकाको मुजावगर खेल मैदानमा सुरु भएको १५ औं पालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको पूर्व उपप्रधानमन्त्री तथा रक्षा, गृहमन्त्री भीम बहादुर रावलले उदघाटन गर्नुभएको थियाे ।
रामाराेशन गाउँपालिकाकाे आर्थिक सहयाेग तथा नेरा मावि चाफाण्डाैकाे आयाेजना तथा व्यवस्थापनमा सञ्चालन भएको प्रतियोगिता अनुशासित, मर्यादित, शान्तिपूर्ण र भव्य रुपमा सम्पन्न भएको रामाराेशन गाउपालिका शिक्षा शाखा प्रमुख नवीन ओझाले जानकारी दिनुभयो ।


