अखिल क्रान्तिकारीको चुनावी सरगर्मीः सु.प. बाट उपमहाँसचिवमा लाल बहादुर साउदको उम्मेद्धारी

Kirci Gyan Kendra

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी) को माघ १२ गते निर्वाचन सम्पन्न हुदैछ । लामो रसाकस्सीपछि अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन माघ १२ गते सम्पन्न हुन लागेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

सात प्रदेश र २ भुगोल प्रदेश सहित ९ स्थानमा सम्पन्न हुन गइरहेको निर्वाचनमा देशभरबाट मनोनयन गर्ने कार्य सम्पन्न भएको छ । मनोनयन दर्ता कार्यसंगै सुदुरपश्चिम प्रदेशबाट केन्द्रिय उपमहासचिव पदमा अखिल क्रान्तिकारी अछामका पूर्व अध्यक्ष लाल बहादुर साउदले उम्मेदवारी दिनुभएको छ ।  समाजमा ब्याप्त कुरिति, कुसंस्कार र  अन्यायका विरुद्ध फरक मत राख्दै   विद्यार्थी आन्दोलनको अग्र मोर्चामा रहेर एक दशक भन्दा लामो समय बिर्द्याथी राजनितिमा  सक्रिय रहेका नेता साउद  २०६८ सालबाट कालिका मावी हिच्माको इकाइ अध्यक्ष हुदै  २०६९ देखि २०७८ बिचको समयावधीमा तत्कालीन अछामको  इलाका नम्बर १२ को संयोजक, अछाम क्षेत्र नम्बर २ को संयोजक, अछाम बहुमुखी   क्याम्पस को अध्यक्ष, इन्चार्ज हुँदै जिल्ला सचिवालय सदस्य भइ, नेकपा पार्टी एकता कालको विद्यार्थीमा ७सदस्यीय  जिल्ला कार्यालय सदस्य  भइ, २०७८ भाद्र २२ देखि २०८१ भाद्र १५ सम्म ३ वर्ष  अछाम जिल्ला अध्यक्ष एंवम  केन्द्रिय कमिटी सदस्य भइ काम गरेको अनुभव छ । अछामको  संगठन निर्माणमा  सकृय भइ लागेका साउद जिल्लामा सबैभन्दा सक्रिय  विद्यार्थी नेता हुन ।

नेता साउदले आफ्नो उम्मेदवारी घोषणा गरे संगै वर्तमान परिस्थितिमा राजनीति प्रतिको बढ्दो वितृष्णा लाई चिर्ने उद्देश्यका साथ सामाजिक, राजनीतिक र आर्थिक क्षेत्रमा देखापरेका तमामखाले विकृति र विसंगतीका विरुद्द सशक्त आवाज बुलन्द गर्दै, नेपालको शिक्षा प्रणालीलाई निजीकरण बाट मुक्त गराउदै, निशुल्क र वैज्ञानिक शिक्षा प्राप्तिमा जोड दिन, वर्तमान शैक्षिक पाठ्यक्रमलाई आजको युग सुहाउदो श्रम, उत्पादन र रोजगार संग जोडन, संगठनलाई जुझारु, एकताबद र चलायमान संगठन निर्माणका निमित नेतृत्वदायी भुमिका खेल्ने प्रतिबद्धता जनाउनु भएको छ । माघ १२ मा सम्पन्न हुने निर्वाचनमा नेता लाल बहादुर साउदले आफुलाइ मतदान गरि विजय गराइदिनका लागी  मतदाताहरुमा हार्दिक अपिल समेत गर्नुभएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.