अखिल क्रान्तिकारी केन्द्रिय सदस्य पदका उम्मेद्धार जगत शर्माका १० एजेण्डा

Kirci Gyan Kendra

नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) खुल्ला सदस्य पदमा जगत शर्मा ले उम्मेदवारी दिएका छन् । अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि आगामी माघ १२ गते निर्वाचन हुँदैछ । लामो रसाकस्सीपछि अखिल क्रान्तिकारीको नेतृत्व चयनका लागि निर्वाचन हुन लागेको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

विद्यार्थी आन्दोलनको अग्र मोर्चामा रहेर दशक भन्दा लामो समय बिर्द्याथी राजनितिकमा काम गरेका शर्मा २०७० साल सुर्य मा बि ईकाइ कमिटी अध्यक्ष हदै अखिल क्रान्तिकारी मा आबद्ध भए २०७२ सालमा तुर्माखाँद संगठन काे अध्यक्ष मा दुई कार्यकाल काम गरे समग्र अछामकाे बिद्यार्थी आन्दोलन लाई नयाँ उचाइमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेलेका थिए । शर्मा अखिल क्रान्तिकारी काे १३ औं जिल्ला सम्मेलनमा जिल्ला कमिटी सदस्य निर्वाचित भए। त्यसपछि सचिवालय सदस्य हुँदै काम गरे ।

१४ औं जिल्ला सम्मेलनमा अछामकाे सह-सचिब मा एक कार्यकाल काम गरे । अनेरास्ववियु क्रान्तिकारी काे सुदूरपश्चिम प्रदेश सदस्य मनाेनयन भई काम गरे अछामकाे शैक्षिक मुद्दामा एक खम्बा भयर उभिएका शर्मा केन्द्रीय सदस्यमा मनाेनित भएर काम गरेका जगत शर्मा विद्यार्थी हक हित आन्दोलन का निम्ति लड्ने विद्यार्थी नेता हुन । संगठनको इतिहासमा पहिलो पटक उमेर हद लाउने कि नलाउने भन्ने बारे निर्वाचन भएको थियो त्यसमा उमेर हद पक्षले जितेको थियो ।
केन्द्रिय सदस्य (खुल्ला) पदको उम्मेदवार शर्माले आफ्ना एजेण्डाहरुलाई १० बुदामा प्रस्तुत गरेका छनः
१) अखिल (क्रान्तिकारी)लाई निष्ठावान, निष्पक्ष र अनुशासित संगठन बनाउन ।
२) वैज्ञानिक समाजवादी शिक्षा स्थापना गर्न ।
३) विद्यार्थीहरूको बीचमा नयाँ विचार र योजनाहरूको प्रवर्द्धन गर्न ।
४) अखिल (क्रान्तिकारी)लाई अझ बलियो र प्रभावशाली बनाउने ।
५) सामूहिक संघर्षमार्फत एकता कायम गर्दै समाजका हरेक वर्गका लागि समान अवसर सुनिश्चित गर्ने ।
६) सबै वर्गका विद्यार्थीका लागि समान अवसरको पक्षमा आवाज उठाउने ।
७) विद्यार्थीलक्षित समस्याहरूको समाधान गर्न, विशेष गरी शिक्षा र रोजगारका अवसरहरूमा सुधार ल्याउने (Earn and Learn)
८) युवा वर्गमा राजनीतिक चेतना र नेतृत्वको भावना विकास गर्ने ।
९) शिक्षामा निजिकरणको विरोध गर्दै सार्वजनिक शिक्षा व्यवस्थाको पक्षमा उभिने ।
१०) पारदर्शी नेतृत्व संस्कारको विकास गर्ने ।
माथि उल्लेखित विद्यार्थीका मुद्दाहरुलाई सम्बोधन गर्न आफूलाई अमूल्य मत दिएर विजयी गराइदिनसमेत शर्मा ले अपिल गरेका छन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.