नेपाल निजामती कर्मचारी संगठन अछामको १२ औं अधिवेशनः अध्यक्षमा जगत रावल

Kirci Gyan Kendra
Saud Agro Kailash
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति अछामको १२ औं जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शनिबार सम्पन्न अधिवेशनको बन्दसत्रले जगत बहादुर रावलको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।
समितिको उपाध्यक्षमा कमल प्रसाद-भण्डारी, सचीव जनक बहादुर बुढा, सहसचिव खम्म नेपाली, कोषाध्यक्ष लोकेन्द्र साउद लगायत अन्य सदस्य रहेका छन । सदस्यहरुमा कृष्णा कुमारी थापा, हेमन्त बहादुर शाही, शिबराज ढुंगाना, रमेश विक, कृष्ण प्रसाद धमाला, पुष्पराज खनाल र हिक्मत धामि रहेका छन ।
अधिवेशनबाट बिष्णुप्रसाद जैसीलाई प्रदेश प्रतिनिधि र नरेन्द्र बहादुर शाहलाई केन्द्रिय प्रतिनिधिमा छनोट गरेको छ । यसअघि संगठनका जिल्ला अध्यक्ष बिष्णु प्रसाद जैसीको अध्यक्षतामा भएको उदघाटन समारोहमा पूर्व साँसद तथा नेकपा एमालेका केन्द्रिय सदस्य यज्ञ बोगटी प्रमुख अतिथि रहनुभएको थियो । एमाले जिल्ला अध्यक्ष चन्द्र बहादुर बोहरा, मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा र नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीका जिल्ला अध्यक्ष झपट बहादुर थापाले शुभकामना मन्तव्य राख्नुभएको उदघाटन समारोहको सञ्चालन जिल्ला सचिव झनक अधिकारीले गर्नुभएको थियो ।
Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.