महिलाहरुले सीप सिकेर आत्मनिर्भर बन्नुपर्ने: नगरप्रमुख बाेहरा

सामाजिक विकास कार्यालय द्वारा लसेनमा महिला सशक्तीकरण तथा आत्मनिर्भर तालिम सञ्चालन

Kirci Gyan Kendra

नेत्र साउद, अछाम १४ माघ:

Samajik New Add 2082

द्वारिका देवी ठकुरानी महिला सशक्तीकरण तथा आत्मनिर्भर कार्यक्रम अन्तरगत वस्ती स्तरीय कार्यक्रम मङ्गलसेनमा सुरु भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजनामा ७ दिने तालिम सुरु भएको हाे ।

सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलकाे अध्यक्षतामा भएको तालिम उदघाटन कार्यक्रममा मङ्गलसेन नगरपालिका प्रमुख पदम बहादुर बाेहरा प्रमुख अतिथि रहनुभएकाे थियो ।

Saud Agro Kailash

कार्यक्रममा बाेल्दै उहाँले महिलनहरुलाई सीप सिकेर उद्यमशील काम गर्दै आत्मनिर्भर बन्न आग्रह गर्नुभयो । सीप विकास र आत्मनिर्भर हुन महिलाको लागि अति आवश्यक रहेको भन्दै बाेहराले तालिम सफलताको शुभकामना व्यक्त गर्नुभयाे । सशक्तीकरण भनेको सवै कुरा जान्नु भएको बताउदै उहाले तालिमलाई जीवनकाे अमुल्य सम्पत्तिको रुपमा लिन आग्रह गर्नुभयो ।

कार्यक्रमका अध्यक्ष तथा सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलले सहभागी महिलाहरुलाई ७ दिने तालिममा व्यवसायिक ज्ञान दिनुका साथै प्रतिव्यक्ति २० हजारका दरले व्यवसाय सुरु गर्न बिउ पुजी उपलव्ध गराईने बताउनुभयो ।

वडानम्वर ५ का अध्यक्ष झंकर प्रसाद भाट, सामाजिक विकास कार्यालयका प्रास राजु कुमार शाह, सव ईञ्जिनियर भविष्य खत्री, पत्रकार लगायतका अतिथि रहनुभएकाे तालिम उदघाटन कार्यक्रमकाे सञ्चालन मङ्गलसेन नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियाे ।

माघ २० गतेसम्म सञ्चालन हुने मङ्गलसेन नगरपालिका वडानम्वर १३ का विभिन्न टाेलका २० जना विपन्न महिलाहरुकाे सहभागीता रहेकाे छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.