अछामका १३ हजार ९ सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाईदै

Kirci Gyan Kendra

कमल रावल, माघ १४ अछाम:
अछामका विद्यालयमा अध्ययनरत तथा बाहिर रहेका झण्डै १३ हजार ९ सय बढी किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको HPV खोप लगाईने भएको छ ।

Samajik New Add 2082

देशभरको अभियान अन्तरगत अछाम जिल्लामा २२ गतेबाट सुरु हुने खोपमा विद्यालयमा अध्ययनरत १३ हजार ६ सय ७३ र विद्यालय बाहिर रहेका ११ देखि १४ बर्ष उमेरका २ सय ४८ गरि १० वटै स्थानिय तहका १३ हजार ९ सय २१ जना किशोरीलाई खोप लगाईने स्वास्थ्य कार्यालय अछामले जनाएको छ ।

पत्रकारहरुसँग HPV खोप अभियान तथा समग्र स्वास्थ्य अबस्था सम्बन्धी भएको अन्तरिक्रिया कार्यक्रममा सुदुरपश्चिम प्रदेश सामाजिक विकास कार्यालयका जन स्वास्थ्य निरिक्षक झपटराज ढुंगानाले नेपालले सन २०३० भित्र नेपालबाट क्यान्सर रोग निवारण गर्ने अभियान अन्तरगत सरकारको पहिलो अभियान प्रारम्भिक १० देखि १४ बर्षका किशोरीलाई खोप दिने अभियान सुरु भएको बताउनु भयो । यो अभियान सुरु भएसंगै दोस्रो चरणमा हरेक महिलाले पाठेघर मुखको परिक्षण स्क्रिनिङ्ग गर्ने र तेस्रो चरणमा पाठेघर मुखको क्यान्सरको निदान भएका महिलाहरुको उपचार गर्ने लक्ष्य सरकारको रहेको ढुंगानाले जानकारी दिनु भयो ।

Saud Agro Kailash

कार्यक्रममका अध्यक्ष स्वास्थ्य कार्यालय अछामका निमित्त कार्यालय प्रमुख दिपेन्द्र जोशीले समग्र स्वास्थ्य कार्यालय मार्फत भएका कामको जानकारी दिनुका साथै अछाममा माघ २२ गतेदेखि २६ गतेसम्म सचालन हुने खोप अभियानलाई प्रभावकारी बनाउन प्रचारप्रसारमा जोड दिन संचारकर्मिलाई आग्रह गर्नु भयो ।

१० पालिकाका विद्यालयमा १ सय ६२ र अन्य ९७ गरि २ सय ५९ खोप केन्द्र रहने भएकोले प्रत्येकलाई खोप अभियानमा सहभागी हुन जोशीले आग्रह गर्नु भयो ।

जिल्ला स्थित सम्पूर्ण सचारकर्मिको सहभागीता रहेको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय अछामका कोल्डचेन असिस्टेन्ट अनिल कुमार चौधरीले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.