शैक्षिक रुपान्तरणका लागि रामाराेशन-६ काे पूर्णचन्द्र माविमा जागरण भेला गरियाे

Kirci Gyan Kendra

अछाम:

Samajik New Add 2082

रामारोशन शैक्षिक रुपान्तरण अभियान अन्तरगत वडा नम्वर ६ को वडा स्तरिय जागरण भेला गते पूर्णचन्द्र माबिमा सम्पन्न भएकाे छ । समग्र गाउँपालिकाकाे शैक्षिक अवस्था सुधारका लागि सवै वडामा बृहत भेला मार्फत जागरण फैलाउने कार्यक्रम अन्तरगत उक्त कार्यक्रम भएको हाे ।

Saud Agro Kailash

वडा अध्यक्ष सुशील साउदकाे अध्यक्षतामा भएको जागरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर साउद, प्रमुख प्रशासकीय अधिकृत राम बहादुर भण्डारी, शिक्षा शाखा प्रमुख नविन ओझा, नेकपा माओबादी केन्द्र अछाम जिल्ला संयोजक रबिन्द्र साउद लगायतका अतिथि रहनुभएकाे थियोे ।

कार्यक्रममा वडन नम्वर ६ स्थित विद्यालयहरुका बिब्यस अध्यक्ष, प्रधानाध्यापक, शिक्षक अविभावक तथा बिद्यार्थीको उपस्थित रहेको थियो । विभिन्न शैक्षिक र चेतनामूलक सास्कृतिक प्रस्तुति समेत राखिएको   कार्यक्रमकाे सञ्चालन पूर्णचन्द्र माबिका प्रधानाध्यापक हर्क बहादुर साउदले गर्नु भएकाे थियोे ।

शैक्षिक रुपान्तरण अभियान अन्तरगतकाे वडा स्तरीय जागरण भेला यही माघ १८ गते वडानम्वर ५ काे निलकण्ठ माविमा समेत गरिने रामाराेशन गाउपालिकाले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.