अछाममा मोटरसाईकलको ठक्करबाट एक महिलाको मृत्यु

Kirci Gyan Kendra

अछाममा माेटरसाईकलकाे ठक्करबाट एक जना महिलाकाे मृत्यु भएको छ । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर १ मुलीकी ७२ बर्षिय मैसरा ढकालको मोटरसाईकलको ठक्करबाट मृत्यु भएको हो ।

Samajik New Add 2082

कमलबजारबाट तुर्माखाँद जादैँ गरेको सु प्र प ०१००८ प ४०३ नम्बरको मोटरसाईकलले ठक्कर दिदाँ पैदल यात्रा गरिरहेकी ढकालको घट्नास्थलमै मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

Saud Agro Kailash

कमलबजार तुर्माखाँद सडकखण्ड स्थित मोटरकाट्यामा तुर्माखाँद गाँएपालिका वडा नम्बर ५ बस्ने २३ बर्षिय लक्ष्मण बहादुर शाहीले चलाएको मोटरसाईकलको ठक्करबाट ढकाललको मृत्यु भएको अछामका प्रहरी प्रमुख डिएपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिनुभयो ।

ईलाका प्रहरी कार्यालय कमलबजारबाट प्रहरी नायब निरिक्षक बिर सिंह चैसीरको नेतृत्वमा गएको प्रहरीको टोलीले चालक र मोटरसाईकल नियन्त्रणमा लिईसकेको उहाँले बताउनुभयाे ।

©Dainiki

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.