रामाराेशन शैक्षिक रुपान्तरण अभियान: ‘समग्र शैक्षिक सुधारकाे संकल्प, गुणस्तरीय शिक्षामा फड्को मार्ने विश्वास’

रामाराेशन पातल, १८ माघ:

Samajik New Add 2082

रामाराेशन गाउपालिकाकाे शैक्षिक रुपान्तरण अभियान अन्तरगत जागरण सभा वडानम्वर ५, रामाराेशनकाे निलकण्ठ मावि पातलमा सम्पन्न भएको छ । याे संगै पालिकाले सञ्चालन गरेको दाेस्राे चरणको अभियानकाे कार्यक्रमहरु सकिएकाे हाे ।

गाउपालिकाकाे समग्र शैक्षिक सुधारका लागि असोज ५ गतेबाट सुरु भएको अभियान अन्तरगत सवै ७ वटै वडाहरुमा जागरण भेला गरिएकाे छ । शैक्षिक क्षेत्रका समस्या पत्ता लगाएर समाधान गर्ने, सरकारी विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने, शैक्षिक सुधारका लागि शिक्षक, अभिभावक र विद्यार्थीलाई समेत जागृत गर्ने उद्देश्यले पालिकाले शैक्षिक जागरण अभियान सञ्चालन गरेको थियो ।

शैक्षिक रुपान्तरण अभियानबाट सिंगाे गाउपालिकाले गुणस्तरीय शिक्षामा सकारात्मक फड्को मार्ने विश्वास गरिएको छ । कार्यक्रममा गाउपालिकाकाे टिम सहित शिक्षक, विद्यार्थी र अभिभावकले समग्र शैक्षिक सुधारकाे सङ्कल्प समेत गरेका छन ।

रामाराेशन गाउपालिका ५ का अध्यक्ष केशर बहादुर शाहकाे अध्यक्षतामा भएको सभामा रामारोशन गाउपालिका अध्यक्ष मान बहादुर साउद प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रमका बिशिस्ट अतिथिमा गाउपालिका उपाध्यक्ष सिर्जना देवी बुढा, पूर्व उपाध्यक्ष सरस्वती रावल, नेकपा माओवादी केन्द्र अछामका संयोजक रविन्द्र साउद र प्रमुख प्रशासकिय अधिकृत राम बहादुर भण्डारी रहनुभएकाे थियाे ।

कार्यक्रममा बाेल्ने प्रमुख अतिथि लगायत वक्ताहरुले रुपान्तरण अभियानबाट रामाराेशनकाे शैक्षिक सवालमा नयाँ जागरण पैदा गरेकाे बताएका थिए ।

जागरण सभामा प्रमुख वक्ताका रुपमा आफ्नो प्रस्तुतिकरण प्रमुख प्रशासकीय अधिकृत भण्डारीले अभियानकाे लक्ष्य र उदेश्य प्रष्ट पार्नुभएकाे थियाे । उहाँले गाउपालिकाले शिक्षाको क्षेत्रमा गर्न खाेजेकाे कार्य, शिक्षकले गर्नुपर्ने काम कर्तव्य, विद्यार्थीले गर्नुपर्ने कार्य र अभिभावककाे जिम्मेवारीका सन्दर्भमा सविस्तार प्रस्तुतीकरण राख्नुभएको थियाे ।

अब अभियानकाे तेस्रो चरणमा सघन अनुगमन निरिक्षण गर्दै वास्तविक चित्र बाहिर ल्याईने प्रतिवद्दता व्यक्त गर्नुभयो । शैक्षिक सुधारका लागि अभियानमा गरिएको छलफल, प्रतिवद्दतालाई अक्षरस: पालना गर्नुपर्नेमा उहाँको जाेड थियोे ।
कार्यक्रममा नेपाली काग्रेस क्षेत्रिय सचिव उमेश बोहरा, नेकपा एमाले रामारोशन गाउपालिका कमिटी अध्यक्ष डम्बर रोकाया, नेकपा माओवादी केन्द्रका उदय रोकाया, पत्रकार महासंघ अछामका अध्यक्ष रमेश रावत, विद्यालय व्यवस्थापन समिति अध्यक्ष खडक सिंह राेकाया लगायतका अतिथि वक्ताहरुले बाेल्नुभएकाे थियाे ।

कार्यक्रममा विद्यालयको अवस्था विश्लेषण सहितको प्रतिवेदन प्रअ कम्मान सिंह रोकायाले पेश गर्नुभएको कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष तथा वडा सदस्य दल रोकायाले स्वागत मन्तव्य राख्नुभएको थियाे भने सञ्चालन शिक्षा शाखा प्रमुख नवीन ओझाले गर्नुभएको थियाे । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

 

 

Leave A Reply

Your email address will not be published.