नेपाल रेडक्रस साेसाईटी उपशाखा मङ्गलसेनकाे ११ औं साधारणसभा सम्पन्न, सभापतिमा नगेन्द्र प्रसाद ढुंगाना

Kirci Gyan Kendra

अछाम:

Samajik New Add 2082

नेपाल रेडक्रस साेसाईटी उपशाखा मंगलसेनकाे ११ साधारणसभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । शाखा सभापति नगेन्द्र प्रसाद ढुंगानाको अध्यक्षता र रेडक्रस जिल्ला सभापति रत्नप्रसाद ढुंगानाकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

Saud Agro Kailash

साधारणसभाकाे बन्दसत्रबाट पुन: नगेन्द्र प्रसाद ढुंगानाकाे सभापतित्वमा ११ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको छ । समितिकाे उप सभापति गिता ढुंगाना, सचिवमा नन्दराज ढुंगाना, काेषाध्यक्षमा दान बहादुर बाेगटी, उपसचिव वसन्त भाट, उपकाेषाध्यक्ष नरेश बहादुर कठायत चयन भएका छन ।
यस्तै समितिकाे सदस्यहरुमा कर्ण बहादुर धामी, डम्मर बाेगटी, मिना देवी ढुंगाना, लक्ष्मी देवी ढुंगाना, राम प्रसाद भण्डारी सर्वसम्मत चयन भएका छन । नव निर्वाचित पदाधिकारीलाई नेपाल रेडक्रस साेसाईटी जिल्ला शाखा अछामका पूर्व सभापति चन्द्रमणी भाटले प्रमाणपत्र वितरण गर्नुभएको थियाे ।

यसअघि सम्पन्न उदघाटन सत्रमा रेडक्रसका पूर्व केन्द्रीय सदस्य बृकेश सिंह बाेगटी, पूर्व जिल्ला सभापति चन्द्रमणी भाट, मङ्गलसेन नगरपालिकाका पूर्व नगर उपप्रमुख सरिता उपाध्याय आजीवन सदस्यबाट वसन्त भाटले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

उदघाटन कार्यक्रमकाे सञ्चालन उपशाखा सचिव धन कुमार केसीले गर्नुभएको थियो ।

 

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.