
अछाम:
द्वारिका देवी ठकुरानी महिला सशक्तीकरण तथा आत्मनिर्भर कार्यक्रम अन्तरगत एकल महिलाहरुका लागि ७ दिने तालिम मङ्गलसेनमा सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयोजनामा तालिम भएको हाे ।
सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावलकाे अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा मङ्गलसेन नगरपालिका उप प्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएकाे थियो । कार्यक्रममा प्रमुख अतिथि रावलले ७ दिने तालिममा सहभागी २५ जना विपन्न महिलाहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सहभागी महिलाहरुलाई ७ दिने तालिममा व्यवसायिक ज्ञान दिनुका साथै प्रतिव्यक्ति २० हजारका दरले व्यवसाय सुरु गर्न बिउ पुजी उपलव्ध गराईने सामाजिक विकास कार्यालयका कार्यालय प्रमुख डम्बर बहादुर रावलले बताउनुभयो ।
तालिम समापन कार्यक्रमकाे सञ्चालन मङ्गलसेन नगरपालिका महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख मञ्जु महतले गर्नुभएको थियाे ।
यहि माघ १४ गतेबाट सुरु भएको तालिममा मङ्गलसेन नगरपालिका वडानम्वर १३ का विभिन्न टाेलका २५ जना विपन्न महिलाहरुकाे सहभागीता रहेकाे थियोे ।
