भरुवा बन्दुक सहित दुई भारतीय र नेपाली पक्राउ

Kirci Gyan Kendra

धनगढी । कैलालीको धनगढीबाट दुई थान भरुवा बन्दुकसहित भारतीय नागरिक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१८ एफ गाउँबाट २ थान भरुवा बन्दुक र चाकुसहित दुई जना भारतीय र एक नेपाली नागरिक पक्राउ परेका हुन्।

Samajik New Add 2082

जिल्ला प्रहरी कार्यालय, कैलालीले मंगलबार धनगढी उपमहानगरपालिका–१८ एफगाउँ आर्यघाटबाट भारतको लखिमपुर गुलरियाका ३२ वर्षीय रियासत अली, सोही ठाउँको ४० वर्षीय देशराज राना र धनगढी–१९ को ३९ वर्षीय गुरुप्रसाद चौधरी दुई थान भरुवा बन्दुक र चाकुसहित पक्राउ परेका बताएको छ।

Saud Agro Kailash

उनीहरूलाई भारतबाट नेपाल आउदै गर्दा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय, महेन्द्रनगर र जिल्ला प्रहरी, कैलालीको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

उनीहरूको विषयमा थप अनुसन्धान जारी रहेको कैलाली प्रहरीले जनाएको छ।

©Newskarkhana

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.