कम्युनिष्ट घटकहरुलाई एक ठाउँमा राखेर समाजवाद उन्मुख हुने : केन्द्रिय सदस्य भण्डारी

Kirci Gyan Kendra

अछाम: नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिका कमिटीको तेस्रो गाउँपालिका सम्मेलन सम्पन्न भएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

बेथिति र भ्रष्टाचार विरुद्ध आर्थिक समृद्धि र सुशासनको पक्षमा हाम्रो आन्दोलन, सुदृढ सशक्त र जुझारु क्रान्तिकारी पार्टी निर्माणको पक्षमा तेस्रो पालिका सम्मेलन भन्ने मुल नारा सहित तेस्रो पालिका अधिवेशन मेल्लेखामा सम्पन्न भएको हो ।

मेल्लेख गाउँपालिका कमिटी अध्यक्ष ज्वालासिंह साउदको अध्यक्षतामा भएको अधिवेशनमा प्रमुख अतिथिको आसनबाट बोल्दै माओवादी केन्द्रका केन्द्रिय सदस्य एवं अछाम जिल्ला इन्चार्ज सरद सिंह भण्डारीले कम्युनिष्ट घटकहरुलाई एक ठाउँमा राखेर समाजवादको बाटोमा उन्मुख हुने बताउनु भयो । देशमा जसरी भएपनि सुशासन कायम गर्ने , देशमा शासन व्यवस्था प्रभाकारी बनाउन लाग्ने बताउनु भयो, साथै उहाँले देशमा समाजवादको व्यवस्था गर्दै सबै गरीब दिन दुखीलाई खान लाउने पुग्ने व्यवस्था मिलाउनका लागि माओवादी पार्टी लागेको बताउनु भयो  ।

विशिस्ट अतिथिको आसनबाट बोल्दै केन्द्रिय सदस्य तथा अछाम संघीय निर्वाचन क्षेत्र न.१ इन्चार्ज दिपक साउँदले देशलाई समृद्धिको बाटो तिर लैजान र सुशासनको बाटो तर्फ लिन माओवादी पार्टी लागिरहेको बताउनु भयो । जनतालाई स्वरोजगारी तिर लिन , जनताको जन जीवन माथि उठाउन माओवादी पार्टीको महत्त्वपूर्ण भुमिका रहेको बताउनु भयो ।
अधिवेशनमा वैकल्पिक केन्द्रिय सदस्य एवं प्रदेश निर्वाचन १ ख इन्चार्ज लोक बहादुर बोहरा (ज्वाला ), सुदूरपश्चिम प्रदेश कमिटी सदस्य एवं मेल्लेख गाउँपालिका कमिटी इन्चार्ज भिम बहादुर बुढा (सुवास ), प्रदेश कमिटी सदस्य अर्जुन धामी , इश्वरी थापा , वीर बहादुर साउँद , टंका विक , मनोज रावल , सुदूरपश्चिम निर्वाचन आयोग सदस्य बालाराम उपाध्याय , नेपाली काङ्ग्रेसका खगेन्द्र साउँद , नेकपा एमालेका गाङाराम खत्री , एकीकृत समाजवादीका नृप साउँद ,राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल , एकीकृत शिक्षक संगठन अछामका मनिराज महर, क्रान्तिकारी विद्यार्थी संघका केन्द्रिय उप महासचिव गम्भीर सिंह साउँद , अतिथि रहनुभएको थियो ।
पार्टीका जिल्ला स्थित विभिन्न जनवर्गिय संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।
अधिवेशनको संचालन नारायण प्रसाद उपाध्यायले गर्नुभएको थियो ।
अधिवेशनको बन्दसत्रबाट मेल्लेख गाउँपालिका कमिटी चयन हुने छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.