प्रगतिशील आधारभूत विद्यालयले मनायाे १६औं वार्षिकोत्सब

Kirci Gyan Kendra

प्रगतिशील आधारभूत विद्यालय मङ्गलसेन नगरपालिका १, लेष्टिगाडकाे १६ औं वार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ । विव्यस अध्यक्ष मनिराम थापाको अध्यक्षतामा भएको भेलामा नगर उपप्रमुख संगिता कुमारी रावल प्रमुख अतिथि रहनुभएकाे थियोे ।

Samajik New Add 2082

कार्यक्रममा बाेल्दै उहाँले विद्यालकाे लागि आफ्नो तर्फबाट र नगरपालिकाकाे तर्फबाट हुने सम्पूर्ण सहयोग गर्न तयार रहेको बताउनुभयो । कार्यक्रममा बिशिस्ट अतिथि सामाजिक विकास समिति संयाेजक तथा वडानम्वर ३ का अध्यक्ष बिर्ख बहादुर बाेगटी, वडानम्वर १ का अध्यक्ष लाेकराज नाथ र शिक्षा शाखा प्रमुख जगत बहादुर रावल रहनुभएकाे थियो ।

Saud Agro Kailash

कार्यक्रममा कार्यपालिका सदस्य हंश राना, नेपाली काङ्ग्रेसका जिल्ला सदस्य चन्द्र जैगडी, नेकपा एमाले वडा कमिटी अध्यक्ष प्रशान्त राना, नेकपा माओवादी केन्द्रका नगर कमिटी सचिव कमल थापा, नेकपा एकीकृत समाजबादी जिल्ला सचिवालय सदस्य टेकेन्द्र जैगडी, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति दिपक साउद, नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सदस्य एकेन्द्र नाथले मन्तव्य राख्नुभएको थियोे ।

यस्तै पूर्व गाविस अध्यक्ष हर्क राना, मङ्गलसेन नगरपालिकाका प्रशासन सहायक हाेम साउद, कुन्ति माविका विव्यस अध्यक्ष गंगा साउद थापा, ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय मङ्गलसेनका प्रमुख ब्रह्माकुमारी कविता, जाल्पा देवी आधारभूत विद्यालयका प्रधानाध्यापक रेखा नेपाली, कालिका सामुदायिक वन समूहका सचिव बिर्ख राना, मालिका सामुदायिक सिकाई केन्द्रका सहजकर्ता निर्मला पाल थापा, पूर्व विव्यस अध्यक्ष कम्मान सिंह थापा, अभिभावक हाेम थापा, राम राना र विद्यार्थी पदम रानाले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयका प्रधानाध्यापक चन्द्रकला बिष्टले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रममा शिक्षक गाेपाल जैगडीले स्वागत मन्तव्य राख्नुभएकाे सञ्चालन शिक्षक रेबन्त राज नाथले गर्नुभएको थियोे ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सास्कृतिक प्रस्तुति समेत प्रस्तुत गरेका थिए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.