
बनदेवी बालविकास केन्द्र तुर्माखाद गाउपालिका १, रहफमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । सामाजिक विकास कार्यालय अछामको आयाेजनामा कार्यक्रम गरिएको हाे ।

आधारभूत तहमा बालबालिकाहरुकाे सिकाई स्तर अभिवृद्धिका लागि कार्यक्रम आयोजना गरिएको जनाईएकाे छ । कार्यक्रममा बाल शिक्षा, बाल विकास, बालशिक्षा सवलिकरण, सिकाई अभिवृद्धि र अभिभावक शिक्षाको महत्वका विषयमा जानकारीमुलक प्रस्तुतिकरण गरिएको थियो ।
बालविकास केन्द्रका सदस्य खगिसरा रावलकाे अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास कार्यालय अछामका कार्यालय प्रमुख डम्बर बहादुर रावल प्रमुख अतिथि रहनुभएकाे थियाे । कार्यक्रममा बाेल्दै उहाले शैक्षिक अवस्था सुधार र सिकाई अभिवृद्धिका लागि अभिभावक सक्रिय हुनुपर्नेमा जाेड दिनुभयो ।
निवर्तमान वडा अध्यक्ष थिर बहादुर रावल बिशिस्ट अतिथि रहनुभएकाे कार्यक्रममा वडा सचिव जनक थापा, सव ईञ्जिनियर राजेश यादव, बालविकास सहजकर्ता लक्ष्मी रावल लगायतका अतिथि रहनुभएकाे थियाे ।

कार्यक्रममा अभिभावक, विद्यार्थी लगायत सराेकारवालाहरुकाे सहभागीता रहेको थियाे ।
यसैबीच सामाजिक विकास कार्यालय अछामले तुर्माखाद १ रहफ निवासी एक जना ज्येष्ठ नागरिकलाई सम्मान गरेकाे छ । ९४ वर्षिय सुकि रावललाई ब्ल्याङ्केट, टाेपी, स्वीटर र टाउजर वितरण गरि सम्मानित गरिएको कार्यालय प्रमुख डम्बर बहादुर रावलले जानकारी दिनुभयो । ज्येष्ठ नागरिक संग सुप सरकार, ज्येष्ठ नागरिकलाई सम्मान नयाँ पुस्तालाई ज्ञान कार्यक्रम अन्तरगत ज्येष्ठ नागरिक सम्मान गरिएको जनाईएकाे छ ।




