माओवादी केन्द्र चाैरपाटीकाे अध्यक्षमा पूर्ण बहादुर साउद सर्वसम्मत चयन

अछाम । नेकपा (माओवादी केन्द्र) चौरपाटी गाउँपालिकाको अध्यक्षमा पुर्ण बहादुर साउद (राकेश) चयन भएका छन् । सोमबार गाउपालिकाको तेस्रो अधिवेशनबाट उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो ।

Samajik New Add 2082

यस्तै उपाध्यक्षमा टेक बहादुर थापा, रतन देवकर (आवाज) र गणेश बहादुर साउद (बर्तमान) निर्वाचित भएका छन् । त्यस्तै, सचिवमा जगत बहादुर बिक, सहसचिवमा दिर्घ बहादुर साउद र कोषाध्यक्षमा मिना परियार चयन भएका छन् ।

पुर्ण बहादुरको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गरिएको बताइएको छ । माओवादी केन्द्र चौरपाटी गाउँपालिकाको तेस्रो अधिवेशनले स्थानीय तहमा राजनीतिक गतिशीलता थप्ने विश्वास गरिएको छ ।

अधिवेशनमा उपस्थित नेता तथा कार्यकर्ताहरूले नयाँ नेतृत्वलाई बधाई दिँदै आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गरेका छन् ।

यसअघि सम्पन्न पालिबा अधिवेशन उदघाटन समाराेहमा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा अछाम ईञ्चार्ज शरद सिंह भण्डारी, केन्द्रीय सदस्य दिपक साउद, लाेक बहादुर बाेहरा (ज्वाला), नेताहरु राम बहादुर थापा, जीवनबिक्रम साउद लगायतले सम्वाेधन गर्नुभएको थियाे ।

Leave A Reply

Your email address will not be published.