मङ्गलसेन नगरपालिकामा विपद् जोखिम क्षेत्रको नक्साङ्कन सम्बन्धि अन्तरक्रिया

Samajik Bal biwaha

अछाम: विपद् प्रभावित निजी आवास प्रवलीकरण, पुननिर्माण तथा पुस्थापना अनुदान कार्य विधि २०८१ र विपद् जोखिम क्षेत्रको नक्साङ्कन सम्बन्धि १ दिवसीय अभिमुखीकरण एवं अन्तरक्रिया कार्यक्रम मङ्गलसेन नगरपालिकामा सम्पन्न भएको छ ।

नगर स्तरिय विपद् जाेखिम व्यवस्था समिति संयाेजक एबं नगर प्रमुख पदम बहादुर बाेहराकाे अध्यक्षतामा कार्यक्रम भएको हाे ।

Mangalsen Mun Anurodh

कार्यक्रममा विपद् प्रभावित नीजि आवास प्रवलिकरण पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०८१ र विपद् जोखिम नक्शाङ्कन निर्माण, टोल विकास समिति गठन तथा परिचालन र विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक सम्बन्धि अन्तरक्रिया गरिएको छ ।  २०८१ साल फागुन १५ गते भित्र माथि उल्लेखित कार्यहरु सम्पन्न गरी मङ्गलसेन नगरपालिका वन, वातावरण तथा विपद् व्यवस्थापन शाखामा विवरण पेश गर्ने निर्णय समेत गरिएकाे छ ।

कार्यक्रममा विपद् प्रभावित नीजि आवास प्रवलिकरण पुनःनिर्माण तथा पुनःस्थापना अनुदान कार्यविधि २०८१ सम्बन्धि कानूनमा भएका विषयवस्तुको बारेमा अधिकृत छैठो खकेन्द्र बहादुर सोडारी र सोही कार्यविधिको अनुसूचीको बारेमा ईन्जिनियर खम्म बहादुर के.सी., विपद् जोखिम नक्शाङ्कन निर्माण बिषयमा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अछामका DRR सहायक रुपक कठायत र टोल विकास समिति गठन तथा परिचालन र विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना अध्यावधिक सम्बन्धि वन, वातावरण तथा विपद् व्यवस्थापन शाखा प्रमुख नरेश बहादुर कठायतले सहजीकरण एवम् प्रशिक्षण गर्नुभएको थियोे ।

कार्यक्रममा सवै वडा अध्यक्ष र सचिवहरुकाे सहभागीता रहेकाे थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.