जनयुद्ध दिवसको पूर्वसन्ध्यामा मंगलसेन र मुजाबगरमा दिप प्रज्वलन

Kirci Gyan Kendra

जनयुद्ध दिवसको पूर्वसन्ध्यामा अछाममा दिप प्रज्वलन गरिएको छ । दिवसको पूर्व सन्ध्यामा सदरमुकाम मंगलसेन र रामारोशन गाउँपालिकाको मुजाबगरमा दिप प्रज्वलन गरिएको हो ।

Samajik New Add 2082

नेकपा माओवादी केन्द्र रामारोशन गाउँपालिका कमिटी र नेकपा विप्लव रामारोशन गाउँपालिका कमिटीको आयोजनामा मुजाबगरमा र दुईवटै पार्टी निकट विद्यार्थि संगठन र वाईसिएलको संयुक्त आयोजनामा मंगलसेन बिच बजार चोकमा दिप प्रज्वलन गरिएको थियो ।

Saud Agro Kailash

“महान जनयुद्ध जिन्दावाद, ३० औं जनयुद्ध दिवस सफल पारौं” भन्ने नारा सहित सामुहिक दिप प्रज्वलन गरिएको मुजाबगरको कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा अछाम ईञ्चार्ज शरदसिंह भण्डारी लगायत दुईवटै पार्टीका विभिन्न तहका नेताहरुको सहभागितामा रहेको थियो । दिवसको अवसर पारी नेकपा माओवादी केन्द्र रामारोशन गाउँपालिका समिति र नेकपा विप्लप रामारोशन गाउँपालिका समितिले फागुन १ गते भोलि मुजाबगरमा अबिर जात्रा सहित बिशाल आमसभा तथा सहिद परिवार सम्मान र बृहत साँस्कृतिक कार्यक्रम आयोजना गरिएको माओवादी केन्द्र रामारोशन गाउँपालिका ईञ्चार्ज पहल साउदले जानकारी दिनुभयो ।

यता मंगलसेनमा दिप प्रज्वलन गरिको कार्यक्रम पश्चात भएको कोणसभामा अखिल क्रान्तिकारी अछामका अध्यक्ष पंकज साउदले अध्यक्षता गर्नुभएको थियो भने वाईसिएलका केन्द्रिय सचिव शिव बोगटी प्रमुख अतिथि रहनुभएको थियो । प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव हरिश बिक बिशिष्ट अतिथि रहनुभएको कार्यक्रममा प्राध्यापक संगठनका प्रदेश सदस्य झपट कुमार केसी, अखिल क्रान्तिकारीका प्रदेश सचिव कमल थापा, वाईसिएल प्रदेश कमिटी सदस्य नृप बोगटी, नेकपाका नेता तपेन्द्र सी लगायत युवा विद्यार्थिहरुको सहभागिता रहेको थियो । कोणसभाको सञ्चालन नेकपा अछामका नेता निर्मल सी ले गर्नुभएको थियो ।

 यस्तै अखिल क्रान्तिकारी अछाम र वाईसिएल अछामले जिल्ला अस्पतालका बिरामीहरुलाई फलफुल वितरण कार्यक्रम राखेका छन । दिवसको अवसरमा फागुन १ गते रामारोशन गाउँपालिकाले सार्वजनिक बिदा समेत दिएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.